birat ribon

खोप आविस्कारक वाल्डेमर हफ्किन

जसले अपनाम सहेर हैजाको खोप बनाए

Neuro
खोप आविस्कारक वाल्डेमर हफ्किनजसले अपनाम सहेर हैजाको खोप बनाए

विराटनगर/सन् १८९४ को वसन्त ऋतुमा वाल्डेमर हफ्किन हैजा रोगको बारेमा अनुसन्धान गर्नका लागि भारतको बङ्गाल राज्यमा अवस्थित कलकत्ता शहर गएका थिए । भारतको कलकत्तामा हरेक वर्षको वसन्त ऋतुमा हैजा फैलिने गरेको थियो । हैजाका कारण भारतमा लाखौँ मानिसले ज्यान गुमाएका थिए ।

यो एक सरुवा रोग भएका कारण सङ्मणको दर तीव्र थियो । हरेक वर्ष महामारीको रुपमा फैलिने हैजा नियन्त्रण गर्ने अपेक्षासहित हफ्किन भारतको कलकत्ता गएका थिए । यसका लागि परीक्षणको प्रारम्भिक चरण पूरा गरिसकेका थिए । तर उनले तयारी गरेअनुसार परीक्षण कार्य अघि बढाउन ठूलो सङ्घर्ष गर्नुपर्‍यो । जब उनी कलकत्ता पुगे, उनले गर्ने परीक्षणको बारेमा बेलायती मेडिकल प्रतिष्ठान र भारतीय जनताले शङ्काको दृष्टिबाट हेर्न थाले । किनकि उनी एक यहुदी पनि थिए र भारतको उडिसा प्रशिक्षण लिएर पेरिसमा आफ्नो सीप विकास गरेका थिए ।

cura insider

यसका अतिरिक्त उनले जे बारेमा परीक्षण गर्न लागेका थिए, उनले अध्ययन गरेको विषयभन्दा फरक थियो । उनले अध्ययन गरेको सङ्काय प्राणी विज्ञान (जुलोजिस्ट) थियो । उक्त समयमा उनले लिएको विषय विविध शङ्काको घेरामा थियो र धेरै मानिसले यसलाई फरक क्षेत्रको रुपमा हेर्ने गरेका थिए ।

हफ्किन भारत आउँदा ३३ वर्षका थिए । उनले जुनरुपमा खोप परीक्षणका लागि आवश्यक तयारी गरेका थिए, मानिसहरुले अनुभवभन्दा पनि उनको उमेर परिपक्वतालाई जोडेर हेरे । यही कारण सम्बन्धित निकाय र समुदायको विश्वास जित्न उनले ठूलो सङ्घर्ष गर्नुपर्‍यो ।

हफ्किनले परीक्षणका लागि प्रयोगमा ल्याउने खोप एक हप्ताको फरकमा दुई पटक दिनपथ्र्यो । उनको सहकर्मीलाई त्यतिबेला कठिन हुन्थ्यो जब दोश्रो पटकको खोप लगाउने समूह खोजी गर्नुपर्ने हुन्थ्यो ।

यस समयमा भारतमा हैजा तीव्र रुपमा फैलिरहेको भएता पनि आवश्यक समूह पहिचान गर्न सहज थिएन । यसको बावजुत उत्तर भारतमा लगभग २३ हजार मानिसहरुलाई खोप लगाउन सफल भए ।

सन् १८९४ को मार्च महिनामा उनले एउटा मौका पाए । कलकत्ता शहरमा एउटा बस्ती थियो, जुन बस्तीमा स–सना माटाले बनाएको झुप्राहरु थिए । त्यस बस्तीमा खानेपानी आपूर्ति गर्नका लागि पानी ट्याङ्की राखिएको थियो । सो ट्याङ्कीमा हैजाको केही जीवाणुहरु रहेको आशङ्का गरिएपश्चात कलकत्ताको एक चिकित्सकले अनुसन्धानका लागि हफ्किनलाई बोलाए । बाक्लो बस्तीको बीचमा राखिएको खानेपानी ट्याङ्की सबैले साझा रुपमा प्रयोग गरेका थिए जसको कारणले हैजा महामारी फैलिन जोखिम उच्च रहेको थियो ।

हफ्किनले तयार गरेको खोप परीक्षणका लागि यो बस्ती उपयुक्त स्थान थियो । हरेका घरधुरीमा त्यस्ता व्यक्तिहरु थिए जसमा हैजाको सङ्क्रमण रहेको थियो । उक्त बस्तीमा बसोबास गर्ने मानिसहरुलाई दुई समूहमा विभाजन गरी खोपको प्रभावकारिताबारे अध्यन गर्ने राम्रो अवसर थियो । मार्च महिनाको अन्त्यमा, हैजाको नयाँ सङ्क्रमणका कारण दुईजना व्यक्तिको मृत्यु भयो । हफ्किनले सोही बस्तीमा दुई सय घरधुरीमध्ये एक सय १६ परिवारलाई खोप लगाए । त्यसपश्चात उनको सहकर्मीहरुले १० जना मानिसहरुको परीक्षण गरे, जसमध्ये सात जना खोप नलाएकाहरुमा गम्भीर प्रकृतिको संक्रमण देखियो ।

यसरी आएको सकारात्मक परिणाम परीक्षण दायरा फराकिलो बनाउन कलकत्ता स्वास्थ्य अधिकारीका लागि उत्साहजनक थियो । तर मानिसहरुलाई खोप लगाउन विश्वस्त पार्नु खोप लगाउने कार्यभन्दा अझ जटिल थियो ।

हफ्किनको समाधानमुखी बाटो भनेको भारतीय चिकित्सहरुसँग मिलेर काम गर्नु नै थियो । परीक्षणमा प्रयोग गरिएको खोप सुरक्षित छ भन्ने सन्देश दिन उनले एउटा उपाय रचे, जसका लागि हफ्किन आफैँले खोप लगाए । उनको यस प्रयोगले मानिसहरुमा विश्वास जगायो । ‘कलकत्ताको सो घनाबस्तीमा हफ्किनले बनाएको खोप लगाउनका लागि मानिसहरु लामबद्ध भए, यतिसम्म कि मानिसहरु दिनभरि पर्खिएर बस्थे,’ म्यानचेस्टर विश्विद्यालयका विज्ञान तथा चिकित्स इतिहासका अध्यक्ष प्रोफेसर प्रतीक चक्रवर्तीले भने ।

चक्रवर्तीका अनुसार हफ्किन भारतीय चिकित्सकसँग मिलेर काम गर्थे । उनले परीक्षणलाई यतिसम्म तीव्रता दिए कि आफ्ना समकर्मी कार्यस्थलमा पुग्नुअघि मानिसहरुलाई खोप लगाउने गर्दथे । जुन रुपमा हफ्किनले कलकत्ताको बस्तीमा काम गरेका थिए, उक्त प्रयासले चिकित्सा क्षेत्रमा रोगलाई बुझ्न र उपचार पद्दतिका बारेमा अध्यन गर्न ठूलो योगदान पु¥यायो । उनको यही प्रयासले वैज्ञानिकहरुको विशिष्ट समूहमा पुर्‍यायो । तर एडवर्ड जेनर, जोनास र साल्क जसरी हफ्किनको नाम भारत र युरोपमा कहीँ पनि प्रख्यात भएन । ‘हफ्किन पहिलो व्यक्ति थिए जसले भारतमा प्रयोगशालाको उपकरण ल्याएका थिए । उनी पेरिसको वैज्ञानिक भएता पनि कलकत्ताको बस्तीमा आएर काम गरे ।’ प्रोफेसर चक्रवर्तीले भने ।

वास्तवमा हफ्किनको जीवनको रोचक घटनाहरु छन् । जब हफ्किनले सन् १८८४ मा ओडिसा विश्वविद्यालयवाट जीवशास्त्रमा शैक्षिक उपाधि प्राप्त गरे, उनलाई प्राध्यापक बन्ने अवसरवाट वञ्चित गरियो, किनकि उनी एक यहुदी थिए । यसअघि पनि उनले पाँच वर्षसम्म धेरै दुःख झेले । त्यस समय रसियन सेनाहरुले यहुदीहरुलाई मार्ने र उनीहरु बस्ने घरहरु ध्वस्त गरिरहको थियो ।

रसियनहरुले गरेको यस्ता कार्यको विरुद्धमा प्रतिरोध गर्ने सङ्गठनमा आबद्ध भएका थिए । यसकारण हफ्किनलाई पक्राउ गरी रसियन सेनाहरुले कुटपिट गरे । सन् १८८८ मा हफ्किनले आफ्नो घर छाडी जेनेभातर्फ लागे जहाँ उनले केही समय शिक्षकको रुपमा काम गरे । यसपछि उनी पेरिस गए र लुइस पाश्चर संस्थानमा सहायक कर्मचारीको रुपमा काम गर्न थाले । यहीक्रममा उनले विश्वको अग्रण स्थानमा रहेको जीवणु विज्ञान अनुसन्धान केन्द्रमा अर्को अवसर प्राप्त गरे ।

पाश्चर र जेनरको उपलब्धिहरुलाई प्रयोगमा ल्याउँदै हफकिनले पत्ता लगाउन सक्यो कि गिनि सुङ्गुरको आन्द्रा (पेरिटोनियल क्याभिटी) भित्र हैजाको जीवाणु रहेको हुन्छ । यस प्रकृतिको जीवाणु बलियो र सङ्क्रमण फैलाउन सक्ने हुन्छ भनी पत्ता लगाएका थिए । तर यस्ता जीवाणु त्यतिबेला थप मजबुत हुन्थ्यो जब यसले अधिक तापक्रम प्राप्त गर्दथ्यो । मानिसमा हैजाको जीवाणु हावाबाट फैलिन्छ भन्ने थियो । हैजाबाट बच्नका लागि मानिसले अन्य उपायहरु अवलम्बन गरिरहेका थिए ।

सङ्क्रमण फैलिएको थाहा भएमा किटनासक औषधि छर्कने एउटा तरिका थियो । तर हफ्किनको अनुसन्धानले यस कुरालाई प्रमाणित गरिदियो कि शरीरभित्र भएको जीवाणुलाई पनि नष्ट गर्न सकिन्छ । योबीचमा परीक्षण सफल भयो र सोही परीक्षण विधिलाई खरायो र परेवामा प्रयोग पनि गरियो । अब यसबाट आएको नतिजा आधारमा मानवमा पनि परीक्षण गर्न उनी तयार भए ।

१८ जुलाई, १८९२ का दिन हफ्किनले आफ्नो जीवनलाई दाउमा राख्दै हैजाको खोप लगाए । खोप लगाएको केही दिनसम्म उनालाई ज्वरो आयो । आफैँमा गरिएको परीक्षण नतिजा सकारात्मक आएपछि उनको तीन जना रसियन साथीलाई पनि खोप लगाए । यसरी उनको परीक्षण दायरा बढेपछि अन्य थुप्रै स्वयम्सेवकहरुमा खोपको परीक्षण गरियो । जब खोपको कुनै नकारात्मक प्रतिक्रिया देखापरेन, आफूले बनाएको भ्याक्सिन सफल भयो भन्ने कुरामा विश्वस्त भए ।

सन् १८९३ मा पेरिसका लागि ब्रिटिसका राजदूत लर्ड फ्रेडरिक डफरिन र भारतका राज्यपाले हफ्किनले विकास गरेको खोपबारेमा सुनेपछि थप अनुसन्धानका लागि बङ्गाल जानका लागि सुझाव दिएका थिए । उनी भारतको बङ्गालमा गए र खोप परीक्षण कार्यलाई तीव्रता दिए । सोही वर्ष अपेक्षाअनुरुप परीक्षण नतिजा आएपछि असाममा पनि थप परीक्षणका लागि उनलाई बोलाइयो ।

सन् १८९५ को सरद ऋतुमा उनलाई मलेरिया भयो र उपचारका लागि इङ्ल्यान्ड जानु पर्‍यो । उनको आफ्नो अभिलेख (रेकर्ड) अनुसार सो समयसम्म ४२ हजार मानिसहरुलाई हैजाविरुद्धको खोप लगाइसकिएको थियो ।

उनले खोप लगाएपछि सङ्क्रमण कम भएको थियो । तर यसले सङ्क्रमित भएकाहरुको मृत्युदर कम गर्न सकिरहेको थिएन । हफ्किन १८९६ मा भारतमा पुनः फर्की आए र अब उनले विकास गरेको दुई नयाँ सूत्र प्रयोगमा ल्याउने योजना बनाइरहेका थिए ।

सन् १८९४ मा चाइनाको युनानमा विश्वकै तेश्रो महामारी (प्लेग) फैलिरहेको थियो । सो महामारी ब्रिटिस हङकङ हुँदै मुम्बईसम्म आइपुगेको थियो । १८९६ मा पहिलो सङ्क्रमण देखिएता पनि मुम्बईको अत्यधिक आवगमन हुने बन्दरगाह, व्यापार, व्यावसाय र बजारहरु खुला राख्ने निर्णय गर्‍यो ।

परिणामस्वरुप महामारीले हैजाभन्दा धेरै ठूलो रुप लियो । यस अवस्थामा मुम्बईको राज्यपालले हफ्किनसँग सहयोग मागे । मुम्बईमा उनको सहकर्मीको रुपमा केही सहकर्मीहरु दिइयो ता कि उनको अनुसन्धान कार्यमा थप सहयोग पुग्न सकोस् ।

‘हफ्किनसँग पर्याप्त ठाउँ, जनशक्ति र सुविधाहरु केही पनि थिएन, तर यो पहिलो पटक थियो उनले स्वतन्त्ररुपमा काम गर्ने मौका पाए र उनको एउटा सानो प्रयोशाला पनि थियो,’ दिल्लीको इपिडेमियोलोजिष्ट चन्द्रकान्त लहरियाले भने ।

महामारीविरुद्ध खोप निमार्णका लागि उनले रातदिन काम गरे । उनले अनुसन्धान गर्ने क्रममा हैजाको खोप निर्माण गर्ने क्रममा अपनाएको विधिलाई नै प्रयोगमा ल्याएका थिए जसले गर्दा उनको काम सहज भयो । प्लेगको सङ्क्रमणविरुद्ध तयार गरेको खोप खरायो प्रयोग गरे । यसबाट सकारात्मक परीक्षण आएपछि उक्त खोप मानवमा परीक्षण गर्न तयार भयो ।

१० जनवरी १९ं८७ मा हफ्किन आफैँले निर्माण गरेको खोपको पहिलो परीक्षण गरे । उनले खोप लगाएपश्चात पहिलेजस्तो ज्वरो आउने लक्षण देखियो, तर केही समयपछि उनी ठिक भए ।

सोही महिनाको अन्त्यमा मुम्बईको कारगारमा प्लेग फैलियो । उनले निर्माण गरेको खोपको परीक्षण सोही कारगारमा गरियो, जसमा एक सय ४७ कैदीहरुलाई खोप लाइएको थियो भने एक सय ७२ जनालाई लगाइएको थिएन । उक्त परीक्षणमा खोप नलगाएकामध्ये छ जनाको मृत्यु भयो । खोप लगाएको केवल दुई जनामा मात्र सङ्क्रमण देखिएको थियो र कुनै व्यक्तिको मृत्यु भएको थिएन ।

सन् १९०४ मा हफ्किनको अनुसन्धान कार्य रोकियो । यसको दुई वर्षपश्चात महामारी (प्लेग) को कारण ११ लाखभन्दा बढी मानिसहरुले ज्यान गुमाउनु परेको थियो । यस समयमा हफ्किनको खोपमात्र यस महामारीलाई नियन्त्रण गर्ने एक प्रमुख साध्यको रुपमा लिइएको थियो । तर यस समयमा भ्याक्सिन बनाउने व्यक्ति हफ्किन आफ्नो नामका लागि लन्डनमा सङ्घर्ष गरिरहेका थिए ।

यसको चार वर्षपश्चात भारत सरकारले हफ्किनलाई दोषी ठहराउँदै प्रतिवेदन नै प्रकाशित गर्‍यो । उक्त प्रतिवेदन अध्यन गरिसकेपश्चात लण्डनको किङ्ग्स कलेजका एक प्रोफेसर सिम्पसनले ब्रिटिस मेडिकल जर्नललाई एउटा पत्र लेख्यो । उक्त पत्रमा खोप लगाइएको स्थानमा अत्यधिक प्रदूषण भएको भनी जनाइएको थियो । हफ्किनले खोप निर्माणमा जुन उपलब्धि हासिल गरेका थिए, उनले सो प्रयासलाई निरन्तरता दिन पाएनन् ।

स्रोत : बीबीसी

jackson ribon