birat ribon

‘राप’को ताप

Neuro
‘राप’को ताप

‘टिकटके’ बूढाले आफू थप शक्तिशाली बन्ने र तानाशाह हुने रहर पालेर आफ्नै परिवारकाले पनि थाहा नपाउने गरी ‘अधिया देश’को खोस्टो ल्याएछन् ।

चौतर्फीको आलोचनासँगै कन्टिर–बाबू बूढालाई सम्झाउँदै भन्छन्– बाबै, बेडरुममा बसीबसी उपरखुट्टी लगाएर ‘कारिन्दा’को सल्लाहमा आसेपासेलाई नियुक्त गरी ‘उठौती’को ध्याउन्नमा हुनुहोला । आफू ठाउँमा भएको बेला के गर्ने के नगर्ने त्यो तपाईको मर्जी हो । तर दुनियाँलाई जिल्याउँदै ल्याएको ‘अधिया देश’को खोस्टो लोकतन्त्रको माया गर्ने कसैलाई पनि सहज र मान्य नहुने कुराको हेक्का चाहिँ राख्नुहोला ।

cura insider

कन्टिर–बाबू बूढालाई डाइरेक्ट सोध्छन्– महोदय, तपाईलाई अहिले उपलब्ध ‘राप’को तापले कतिबेर थेग्छ ? सोच्दै गर्नुहोला ‘राप’को शक्ति सधैँ उपलब्ध रहने छैन, त्यसपछि के गर्ने हो ?

jackson ribon