birat ribon

गायक दीपक आचार्यको ‘जोडौंँ घरबार’ सार्वजनिक

Neuro
गायक दीपक आचार्यको ‘जोडौंँ घरबार’ सार्वजनिक

विराटनगर/बिन्दास मिडिया नेटवर्कको प्रस्तुति रहेको ‘जोडौँ घरबार’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा दीपक यात्री आचार्य, प्रतिमा अर्याल र अस्मिता कार्कीको आवाज रहेको छ ।

गायक आचार्यकै शब्द र सङ्गीत रहेको ‘जोडौँ घरबार’ को म्युजिक भिडियोमा लोमस शर्मा, अनु पराजुली र समुद्र कठायतको अभिनय रहेको छ भने शाखिरा कठायत र रुपम चौलागाईसहितका बालकलाकारको अभिनय रहेको छ ।

cura insider

गीतको म्युजिक भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन भने मुकेश हुमागाईले छायाङ्कन गरेका छन् । ‘जोडौँ घरबार’ युटुब च्यानल आहा टिभीमा गएर हेर्न सकिन्छ ।

jackson ribon