birat ribon

कोरोना सङ्क्रमित दुई जनाको कोशीमा मृत्यु

Neuro
कोरोना सङ्क्रमित दुई जनाको कोशीमा मृत्यु

विराटनगर । कोरोना भाइरस सङ्क्रमित दुई जनाको विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मङ्गलबार राति मृत्यु भएको छ ।

मृतकमध्ये एक जना मोरङको पथरीशनिश्चरे र एक जना सुन्दरहरैँचका हुन् । कोरोना सङ्क्रमित २२ वर्षीय युवक र ७३ वर्षीया वृद्धा महिलाको ज्यान गएको उपचार केन्द्रले जनाएको छ ।

cura insider

सुन्दरहरैँचा नगरपालिका–३ का २२ वर्षीय पुरुषको राति ९ः५० बजेतिर मृत्यु भएको केन्द्रका प्रमुख एवं वरिष्ठ फिजिसियन डा. दीपक सिग्देलले जानकारी दिए । उनका अनुसार पीसीआर परीक्षण गराउँदा मंसिर २९ गते सोमबार रिपोर्ट पोजिटिभ आएपछि युवालाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना गरेर उपचार थालिएकोमा भोलिपल्ट उनको मृत्यु भएको हो ।

त्यस्तै पथरीशनिश्चरे नगरपालिका–१ की ७३ वर्षीया वृद्धा महिलाको पनि राति ८ः५० बजेतिर मृत्यु भएको छ । डा. सिग्देलका अनुसार कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि मंसिर २७ गते भर्ना गरिएको थियो । मृतकमा श्वास फेर्न गाह्र हुने, ज्वरो आउने, खोकी लाग्ने लगायतका समस्या रहेको अस्पतालले जनाएको छ ।

jackson ribon