Rumpum Advertisement

सुरुवात विवादास्पद देखिए पनि परिणाम राम्रो आउने आशा गरौं

सुरुवात विवादास्पद देखिए पनि परिणाम राम्रो आउने आशा गरौं

विराटनगर । संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि ) ऐन २०६६ लाई अध्यादेशमार्फत संशोधन गरी संवैधानिक निकायमा पदपूर्तिका लागि मार्गप्रशस्त गरेका छन् । यसलाई कतिपयले अधिनायकवादको संज्ञा दिएका छन् ।

कतिपयले बाध्यात्मक अवस्थाको उपज भनेका छन् भने कतिपयले यसले ठूलो राजनीतिक उथलपुथल हुने अड्कलबाजीसमेत काटिरहेका छन् । अलिकति रुचिपूर्ण र स्वार्थपूर्ण राजनीति गर्नेहरूले आफूअनुकूलको व्याख्या गरेका छन् । तर आम सर्वसाधारण जनतालाई भने यसले ताŒिवक असर गरेको छैन ।

आम जनतालाई कुन संवैधानिक निकायमा को कसरी जान्छ भन्ने कानुनी व्यवस्थासँग खासै सरोकार हुँदैन । तर त्यस्ता संवैधानिक निकायमा जाने व्यक्तिहरूले भोलि गर्ने कामबाट जनताले बल्ल अनुभूति गर्ने हुन् । त्यसैले अहिले आम जनताको भावनासँग जोडेर प्रधानमन्त्रीले ठीक र बेठीक गरे भन्ने तर्क नै जायज छैन ।

विगत १४ महिनादेखि संवैधानिक परिषद्लाई अनिर्णयको बन्दी बनाउने काम हुँदै आएको हो । जसका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानव अधिकार आयोगलगायत ११ वटा संवैधानिक निकायमा ४५ पद रिक्त थिए । १४ महिनाको अवधिमा प्रधानमन्त्रीले सहमतिका लागि धेरै प्रयास गरे ।

सुरुवात केही विवादास्पद भए पनि त्यसले ल्याउने परिणाम असल हुन सक्छ भने त्यसलाई सकारात्मक रूपमा लिनुपर्छ । धेरै पटक बैठक पनि आह्वान गरे । तर कहिले विपक्षी दलका नेता सहभागी नहुने, कहिले सभामुख सहभागी नहुने अवस्था सिर्जना भयो । संवैधानिक निकाय जस्तो निकै महत्वपूर्ण र शक्तिशाली निकायलाई कतिपय पदाधिकारीहरूले खेलाँची जस्तो ठान्ने काम गरे । आफ्ना असहमति बैठकमै गएर राख्नुपथ्र्यो तर त्यस्तो गर्नुको साटो बैठकसमेत बहिष्कार गर्ने शृंखला नै चल्यो ।

संवैधानिक परिषद् कुनै राजनीतिक दलको कोठे बैठक होइन, मनलाग्दा बस्ने र मन नलाग्दा नबस्ने । यो त राज्य सञ्चालनको विशेष अधिकार राख्ने विशेष संयन्त्र थियो तर त्यहाँ रहेका केही पदाधिकारीले यसलाई राजनीतिक दाउपेचको विषयवस्तु बनाउने प्रयास गर्दा नै समस्या आएको हो । यद्यपि अध्यक्षका रूपमा रहेका प्रधानमन्त्रीले पनि सर्वसम्मतिको प्रयासलाई सार्थक रूप दिन सकेनन् । राजधानी दैनिकमा समाचार टिप्पणी छ