विराटनगर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटा (दिपशिखा)ले सरकारले ल्याएको अध्यादेश विरुद्ध सडक संघर्ष गर्ने चेतावनी दिएका छन् ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तुरुन्त फिर्ता नभए आन्दोलन गर्ने उनले चेतावनी दिए । ‘हामीलाई जनताले दिएको म्यान्डेड अनुसार संसदबाट कानुन बनाउने हो, अध्यादेशबाट देश चलाउने होइन,’ विराटनगरमा मंगलबार आयोजित नेकपा सम्बद्ध युवा विद्यार्थीहरुको भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘अध्यादेश फिर्ता नभए सडकमा आगो बल्छ, दुईजना चरि ढुक्कुर मिलेर जे पनि गर्न मिल्छ ?’
सापकोटाले नेकपाको नेता कार्यकर्ताका लागि अहिले कांग्रेस सभापति शेरबहादुर देउवाले भनेजस्तै रून पनि नपाइने अवस्था रहेको बताए । ‘नखाऊ दिनभरिको सिकार, खाउँ कान्छा बाबुको अनुहार जस्तो भएको छ, यहाँ बोलौं भने मात्रै पनि कान्छाबाबुको अनुहार देखिन्छ,’ सापकोटाले भने , ‘७० करोड खान खोज्नेहरुले नैतिकताको पाठ सिकाउने कस्ता दिन ?’ सापकोटाले नेकपामा अहिले देखिएको तेस्रो धार मिलाएर खानेहरुको भएको भन्दै माक्सवादले कुनै पनि बीचको कुरा नगर्ने बताए । हाम्रोमत दैनिकमा समाचार छ