birat ribon

गुट भेलामा जिन्दावाद र मुर्दावाद

Neuro
गुट भेलामा जिन्दावाद र मुर्दावाद

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवादसँगै सुरु भएको गुटगत आन्तरिक भेलाहरुमा कुनै नेता विशेष जिन्दावाद र मुर्दावादको नारा लाग्न थालेको छ ।

केही दिन अगाडि (पुस २७ गते) मोरङको गोठगाउँमा भएको नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय भेलामा ओलीको पक्षमा जिन्दावादको नारा लाग्यो । भेलामा सम्बोधन गर्दै नेताहरुले पार्टी एकता, स्थिरता, केपी ओली र जबजको पक्षमा समय खचिँदै पार्टी भित्रकै ‘विपक्षी’नेताहरुलाई भने सत्तोसराप गरे ।

cura insider

यता, प्रचण्ड–माधव पक्षीय युवाहरुको सोमबार भएको भेलामा प्रम ओलीका विरुद्धमा मुर्दावादको नारा लाग्यो । नेकपाको आन्तरिक जीवनमा आरोप प्रत्यारोप भएपनि प्रचण्ड–माधव पक्षीय नेताहरुबाट ओली विरुद्धमा मुर्दावादको नारा लागेको सायदै यो पहिलो होला ।

यसअघि प्रधानमन्त्री केपी ओलीको बचाउमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायतलाई भारतीय दलालको संज्ञा दिँदै प्रदर्शन भएको थियो । त्यसक्रममा ओली पक्षीय युवाहरुले प्रचण्ड–माधव विरुद्ध मुर्दावादको नारा लगाएका थिए ।

नेकपा प्रदेश १ समितिका सदस्य तथा प्रदेश सांसद कूल प्रसाद साम्बा (कुशल)ले कोरोना संक्रमणका कारण जनताहरु कष्टकर जीवन यापन गर्न बाध्य भएको, हस्पिटलमा उपचार गरेर सर्वस्व सकिँदा पनि उपचार नभइ लाशका लागि पैसा तिर्न जनताहरु बाध्य भएको जस्ता दृष्टान्त पेश गरेका थिए । कार्यक्रममा उनीसहित कतिपय सहभागीले ओली विरुद्धमा नाराबाजी पनि गरेका थिए ।

सोही भेलामा सन्तुलित र वैचारिक पक्ष केलाउँदै नेकपा मोरङका सचिव गणेश उप्रेती (सुशील)ले भने कसैको पक्षमा जिन्दावाद र मुर्दावादको नारा लगाउनु न्यायोचित नभएको बताएका छन् । ‘संघर्ष भनेको प्रवृत्तीको विरुद्धमा हुने हो, कोही व्यक्तिलाई जिन्दावाद र मुर्दावाद भन्न हामी यहाँ भेला भएका होइनौं,’ उप्रेतीले भने ।

नेकपा मोरङका अध्यक्ष ऋषि पोखरेलले पनि कम्युनिष्ट पार्टी भित्र कोही विशेषलाई जिन्दावाद र मुर्दावादको नारा लाग्नु भनेको व्यक्तिवादी अराजकता भएको बताए । हाम्रोमत दैनिकमा समाचार छ

jackson ribon