Rumpum Advertisement

मोरङको सुनवर्षीमा ट्याक्टर दुर्घटना हुँदा १५ जना घाइते

मोरङको सुनवर्षीमा ट्याक्टर दुर्घटना हुँदा १५ जना घाइते

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनिया चोकनजिक मङ्गलबारसाँझ भएको ट्याक्टर दुर्घटनामा परेर १५ जना घाइते भएका छन् ।

पूर्वतर्फ जाँदै गरेको को २ त ३८४४ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भएर साँझ ६ः५० बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर ट्याक्टरमा सवार १५ जना घाइते भएका छन् । प्रहरीका अनुसार सबै घाइतेको अवस्था सामान्य छ ।

घाइते सबैको रंगेली अस्पताल र टायम्स अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले ट्याक्टर र चालक सुनवर्षी–३ का ३५ वर्षीय भूपाल बुढाथोकीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको जानकारी दिएको छ । चालकको लापरबाहीका लागि दुर्घटना भएको प्रहरीको भनाइ छ ।