विराटनगर/ इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ । मङ्गलबार राति भएको खेलमा सिटीले वेस्ट ब्रोमसँग १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो ।
सिटीको मैदानमा भएको खेलमा घरेलु टोलीले इल्के गुन्डोगानको गोलमा अग्रता बनाएको थियो । उनले ३०औं मिनेटमा गोल गरेका थिए ।
४३औं मिनेटमा रुबेन डियासले आत्मघाती गोल गरेपछि खेल बराबरीको अवस्थामा आयो । र, बाँकी समय गोल हुन नसक्दा सिटी अङ्क बाँड्न बाध्य भएको हो ।
बराबरीसँगै छैटौं स्थानको सिटीले १२ खेलबाट २० अङ्क जोडेको छ । ब्रोम भने सात अङ्कका साथ रेलिगेशन जोनमा छ ।