birat ribon

अन्तिम मिनेट थामिन नसक्दा वुल्भससँग चेल्सी स्तब्ध

Neuro
अन्तिम मिनेट थामिन नसक्दा वुल्भससँग चेल्सी स्तब्ध

विराटनगर/ इंग्लिस प्रिमियर लिगमा चेल्सी पराजित भएको छ । मङ्गलबार भएको खेलमा चेल्सी वुल्भससँग २–१ गोलले पराजित भएको हो ।

वुल्भसको मैदानमा चेल्सीले सुरुआती अग्रता बनाएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको सो खेलको ४९औं मिनेटमा ओलिभर जिराउडले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।

cura insider

खेलको ६६औं मिनेटमा डेनियल पोडेन्सले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा फर्काए । खेलको इन्ज्युरी समयमा पेड्रो नेटोले गोल गर्दै वुल्भसको जित सुनिश्चित गरे ।

यससँगै दसौं स्थानको वुल्भसले १३ खेलबाट २० अङ्क जोडेको छ । पराजित चेल्सी २२ अङ्कका साथ पाँचौं स्थानमा छ ।

jackson ribon