Rumpum Advertisement

बेन्जेमा चम्किँदा रियलको सहज जित

बेन्जेमा चम्किँदा रियलको सहज जित

विराटनगर/ स्पेनिस ला लिगामा साविक विजेता रियल मड्रिडले सहज जित दर्ता गरेको छ । मङ्गलबार राति आफ्नो १३औं खेल खेलेको रियलले एथ्लेटिक बिल्बाओमाथि ३–१ गोलको जित निकालेको हो ।

रियलको मैदानमा घरेलु टोलीलाई जिताउन करिम बेन्जेमाले दुई गोल गर्दा टोनी क्रुसले एक गोल गरे । यस्तै बिल्बाओका एन्डर कापाले एक गोल गरे ।

खेलको १३औं मिनेटबाट नै बिल्बाओ दस खेलाडीमा समेटिएको थियो । घरेलु टोलीका राउल गार्सियाले रातो कार्ड पाएका थिए ।

पहिलो हाफको इन्ज्युरी समयमा क्रुसले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए । ५२औं मिनेटमा कापाले गोल गरेपछि बिल्बाओ बराबरीमा फर्कियो ।

खेलको ७४औं मिनेटमा र इन्ज्युरी समयमा बेन्जेमाले गोल गर्दै रियललाई ३–१ गोलको जित दिलाए ।

यससँगै रियलले शीर्ष स्थानको रियल सोसिडाडसँग अङ्क बराबरी गरेको छ । ऊ २६ अङ्कका साथ तेस्रो स्थानमा छ । समान २६ नै अङ्क भएका सोसिडाड र एथ्लेटिको मड्रिड क्रमशः पहिलो तथा दोस्रो स्थानमा छन् ।

बिल्बाओ भने १४ अङ्कका साथ १३औं स्थानमा छ ।