birat ribon

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोडनजिक

Neuro
भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोडनजिक

विराटनगर । छिमेकी मुलुक भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोडनजिक पुगेको छ ।

केही समयसम्म सङ्क्रमण दर उच्च हुँदै गइरहेको भारतमा पछिल्लो समय त्यसमा केही कम हुँदै गइरहेको छ । त्यही पनि दैनिक २० हजारमाथि सङ्क्रमित थपिने क्रम जारी छ । दुई देशीय नाका सिल गरिएको भए पनि खुल्ला सीमानाले गर्दा लुकिछिपी हुने आवतजावतका कारण नेपालमा भारतबाट कोरोना सङ्क्रमण भित्रिएको हुनसक्ने आशंका छ ।

cura insider

एकै दिन २६ हजार चार सय एक जना नयाँ बिरामी थपिएपछि हालसम्म सङ्क्रमितको सङ्ख्या ९९ लाख ३२ हजार नौ सय आठ पुगेको छ । भारतमा कोरोनाका कारण हालसम्म एक लाख ४४ हजार एक सय ३० जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा तीन सय ८४ जनाले ज्यान गुमाए ।

सङ्क्रमितमध्ये ९४ लाख ५५ हजार सात सय ९३ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु निको हुँदै कोरोनामुक्त बनेर सामान्य जीवनमा फर्किएका छन् । तीन लाख ३२ हजार नौ सय ८५ सङ्क्रमितको उपचार भइरहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ । भारत कोरोनाका कारण विश्वमै प्रभावित मुलुकमध्ये दोस्रो नम्बरमा पर्छ ।

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा हालसम्म सङ्क्रमितको सङ्ख्या एक करोड ७१ लाख १५ हजार पाँच सय ८२ पुगेको छ । एकै दिन एक लाख ७१ हजार छ सय ७८ जना नयाँ बिरामी थपिए । तीन लाख १० हजार पाँच सय ६९ जना सङ्क्रमितको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा दुई हजार चार सय ७४ जनाले ज्यान गुमाए । ९९ लाख ८५ हजार चार सय ७९ जना उपचारपछि घर फर्किएका छन् । ६८ लाख १९ हजार पाँच सय ३४ जनाको उपचार जारी छ । उपचाररतमध्ये २७ हजार आठ सय ६८ जनाको अवस्था गम्भीर रहेको वाल्डो मिटरले जनाएको छ ।

सङ्क्रमणबाट प्रभावित मुलुकमध्ये तेस्रो नम्बरमा रहेको ब्राजिलमा सङ्क्रमितको सङ्ख्या ७० लाखनजिक पुगेको छ । एकै दिन ४० हजार छ सय २५ नयाँ बिरामी थपिएपछि सङ्क्रमित सङ्ख्या ६९ लाख ७० हजार ३४ पुगेको हो । ब्राजिलमा सङ्क्रमितमध्ये एक लाख ८२ हजार सात सय ९९ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टाभित्र आठ सय ५४ जनाको मृत्यु भयो । सङ्क्रमितमध्ये ६० लाख ६७ हजार आठ सय ६२ जना उपचारपछि निको भएका छन् । सात लाख १९ हजार तीन सय ७३ जनाको उपचार भइरहेको छ । उपचार गराइरहेकामध्ये आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ ।

रसियामा एकै दिन २६ हजार छ सय ८९ जना नयाँ बिरामी थपिएपछि सङ्क्रमित सङ्ख्या २७ लाख सात हजार नौ सय ४५ पुगेको छ । रसिया कोरोनाका कारण प्रभावितमध्ये विश्वकै चौथो नम्बरमा छ । सङ्क्रमितमध्ये ४७ हजार नौ सय ६८ जनाले ज्यान गुमाइसकेका छन् ।

पछिल्लो २४ घण्टाभित्र पाँच सय ७७ जनाले ज्यान गुमाए । २१ लाख ४९ हजार छ सय १० जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । पाँच लाख १० हजार तीन सय ६७ जना उपचाररत रहेकोमा दुई हजार तीन सय जनाको अवस्था गम्भीर छ ।

विश्वमा एकै दिन पाँच लाख ४० हजार आठ सय ५९ जना नयाँ बिरामी थपिएका छन् । हालसम्म सङ्क्रमित सङ्ख्या सात करोड ३७ लाख ४४ हजार तीन सय ४१ पुगेको छ । कोरोनाका कारण १६ लाख ३९ हजार सात सय ४५ जनाले ज्यान गुमाइसकेका छन् । विश्वमा पछिल्लो २४ घण्टाभित्र ११ हजार सात सय ५० जनाको मृत्यु भयो ।

सङ्क्रमितमध्ये पाँच करोड १७ लाख ६९ हजार सात सय ९७ जनाको उपचार सफल भएको छ । उपचार सफल भएकाहरु कोरोनामुक्त हुँदै डिस्चार्ज भएर सामान्य जीवनमा फर्किन सकेका छन् । दुई करोड तीन लाख ३४ हजार सात सय ९९ जना उपचाररत रहेका छन् । उपचार गराइरहेकामध्ये एक लाख छ हजार चार सय ४१ जनाको अवस्था चिन्ताजनक रहेको वाल्डो मिटरले जनाएको छ ।

jackson ribon