Rumpum Advertisement

बेलायतका भेटियो तीव्र गतिमा फैलिने कोरोनाको नयाँ प्रकार

बेलायतका भेटियो तीव्र गतिमा फैलिने कोरोनाको नयाँ प्रकार

विराटनगर । बेलायतका केही स्थानहरूमा तीव्र गतिमा फैलिने नयाँ प्रकारको कोरोना भाइरस भेटिएको छ ।

बेलायतका स्वास्थ्यमन्त्री म्याक हैंकले हालसम्म अनुसार कम्तिमा ६० स्थानीय अधिकारीहरूले नयाँ प्रकारको कोरोनाभाइरसबाट सङ्क्रमित बिरामीहरू रेकर्ड गरेको र यो भाइरस तीव्र गतिमा फैलिरहेको जानकारी दिएका छन् ।

विश्व स्वास्थ्य सङ्गठनलाई पनि यसबारे जानकारी गराइ बेलायतका वैज्ञानिकको टोलीले भाइरसको विस्तृत अध्ययन सुरु गरेको हैंकको भनाइ छ ।

हैंकले भाइरसले निम्त्याउने रोग थप कडा हुने वा कोरोनाविरुद्धको खोपले काम नगर्ने भन्ने केही भन्न नसकिने बताएका छन् । पछिल्ला दिनहरूमा लन्डन, केन्ट, एसेक्स र हर्टफोर्डसायरका विभिन्न क्षेत्रमा तीव्र गतिमा सङ्क्रमण बढिरहेको छ ।

हालसम्म यसप्रकारको भाइरसका ६० भन्दा बढी ठाउँमा १ हजारभन्दा बढी सङ्क्रमित फेला परेको छ ।

नयाँ प्रकारको भाइरसबारे धेरै जानकारी छैन तर, खोप कार्यक्रम अघि बढिरहेको बेला यसलाई नियन्त्रण गर्न तत्काल कडा कदम चाल्न आवश्यक रहेको हैंक बताउँछन् । वैज्ञानिकहरूका अनुसार भाइरसमा आउने परिवर्तन तिनीहरूभित्र हुने स्पाइक प्रोटिनसँग जोडिएको हुन्छ ।

स्पाइक प्रोटिनले कोशिकालाई सङ्क्रमित गर्न सहयोग गर्छ र यसैलाई ध्यानमा राखेर खोप बनाइएको छ । बर्मिंघम युनिभर्सिटीका विशेषज्ञ प्रोफेसर एलन म्याकनलीले नयाँ प्रकारको भाइरस पुरानोभन्दा बढी सङ्क्रामक वा खतरनाक हो भन्ने पक्का भएको छैन । धेरै चिन्तित हुनुभन्दा पनि हामीले सचेत हुनुपर्ने उनको भनाइ छ ।