birat ribon

इटहरीमा ‘श्री सङ्गीत पाठसाला’ सञ्चालनमा

Neuro
इटहरीमा ‘श्री सङ्गीत पाठसाला’ सञ्चालनमा

इटहरी । इटहरीमा ‘श्री गुरु सङ्गीत पाठशाला’ सञ्चालनमा आएको छ । यस पाठशालालाई गायक गुरुदेव कामतले सञ्चालनमा ल्याएका हुन् । शास्त्रीय सङ्गीतका महान गायक हुन्, गुरुदेव कामत ।

करिब ४० वर्ष सङ्गीतमा बिताएर हजारौँ गायक जन्माएका गुरु कामतले इटहरीमा ‘श्री गुरु सङ्गीत पाठशाला’ स्थापना गरेका हुन् । ’काठमाडौँका गल्लीपिच्छे सङ्गीत इन्स्टिच्युट छरिएका छन् । तर राम्रा कलाकारको उत्पादन हुन सकेको छैन । इन्स्टिच्युटका सङ्गीत प्रशिक्षकहरूको स्तर पनि चित्तबुझ्दो छैन, अबको स्थानीय तहमा नै सबैको सामान पहुँच हुने भएकोले आफ्नै गाउँठाउँमा आएर प्रदेश १ मात्र नभई देशभरका सबै सङ्गीत प्रेमीहरूका लागि अवसर मिलोस् भनेर आफूले सुनसरीको इटहरीलाई नै रोजेको हो,’ गायक कामत बताउछ्न ।

cura insider

मङ्गलबार पत्रकार सम्मेलन गरी गुरुकुलको उद्घाटन गरिएको हो । गुरुकुल सञ्चालकका अनुसार ‘श्री गुरु सङ्गीत पाठशाला’ मा इच्छुक विद्यार्थीहरूलाई पुष १ गतेदेखि भर्ना गरिने छ ।

jackson ribon