Rumpum Advertisement

मेस्सी पेलेको रेकर्ड नजिक

मेस्सी पेलेको रेकर्ड नजिक

विराटनगर/ बार्सिलोनाका कप्तान लियोनल मेस्सी ब्राजिलियन लिजेन्ड पेलेको कीर्तिमान नजिक पुगेका छन् । अर्जेन्टिनी स्टार मेस्सी एउटै क्लबबाट सर्वाधिक धेरै गोल गर्ने खेलाडीको कीर्तिमान नजिक पुगेका छन् ।

सन् २००४ मा सिनियर टोलीबाट डेब्यू गरेका मेस्सीले बार्सिलोनाको जर्सीमा ७४६ खेल खेल्दै ६४२ गोल गरेका छन् । अब ३३ वर्षीय मेस्सी पेलेको कीर्तिमानबाट एक गोलले मात्र टाढा छन् ।

पेलेले ब्राजिलको क्लब सान्टोसबाट ६४३ गोल गर्दै एउटै क्लबबाट सर्वाधिक धेरै गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका थिए ।

अब बार्सिलोनाले बुधबार राति ला लिगाअन्तर्गत रियल सोसिडाडसँग खेल्दैछ । बार्सिलोनाको मैदान क्याप नाेउमा हुने यस खेलमा गोल गरेमा मेस्सी एउटै क्लबबाट सर्वाधिक गोल गर्ने खेलाडी बन्ने छन् ।

सर्वाधिक धेरै छ पटकका बालोन डी‘ओर विजेता मेस्सी लामो समययता बार्सिलोनाबाट खेलिरहेका छन् । बार्सिलोनाका सर्वाधिक गोलकर्तासमेत रहेका उनले चार पटक च्याम्पियन्स लिग र १० वटा ला लिगाको उपाधि जितेका छन् ।