birat ribon

शाहीदको नयाँ फिल्म ‘जर्सी’को सुटिङ सकियो

Neuro
शाहीदको नयाँ फिल्म ‘जर्सी’को सुटिङ सकियो

विराटनगर । शाहीद कपुरको नयाँ फिल्म ‘जर्सी’ को सुटिङ सकिएको छ । कोरोना सङक्रमणको जोखिमबीच स्वास्थ्य मापदण्ड अपनाइ फिल्मको सुटिङ गरिएको थियो ।

४७ दिनसम्म फिल्म निर्माण टिम सुटिङमा व्यस्त थिए । आज निर्माण टिमले सामाजिक सञ्जालमा पोस्ट गर्दै फिल्मको सुुटिङ सकिएको जानकारी दिएका हुन् ।

cura insider

जर्सी २०१९ मा आएको तेलुगु सुपर हिट फिल्म ‘जर्सी’को रिमेक हो । ‘जर्सी’ एक क्रिकेटरको कथामा आधारित फिल्म हो । जो आफ्नो असफल क्रिकेट करिअरलाई बढ्दो उमेरका बाबजुद अघि बढाउन चाहन्छ । फिल्मलाई गौतम तिन्ननुरीले निर्देशन गरेका हुन् । फिल्ममा शाहीदको अपोजिट नायिका म्रुनल ठाकुरलाई देखिने छिन् ।

२८ अगस्ट २०२० मा रिलिज गर्ने तय भए पनि कोरोना कहरका कारण फिल्म यो वर्ष रिलिज हुन पाएन । फिल्म अब २०२१ मा रिलिज हुनेछ ।

jackson ribon