birat ribon

किसानको पैसा नतिरे उद्योग मन्त्रालयले चिनी उद्योगीलाई कारवाही गर्ने

Neuro
किसानको पैसा नतिरे उद्योग मन्त्रालयले चिनी उद्योगीलाई कारवाही गर्ने

काठमाडौं / उखु किसानको पैसा नतिरे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनी उद्योगीहरूलाई कारबाही गर्ने भएको छ । मंगलबार मन्त्रालयमा चिनी उद्योगीहरूसँग भएको छलफलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले किसानको पैसा भुक्तानी नगरे कारबाही गर्ने चेतावनी दिएका हुन् ।

उद्योगीहरूसँगको भेटपछि मन्त्रालयका प्रवक्ता डा. नारायण प्रसाद रेग्मीले चिनी उत्पादक संघका अध्यक्षलाई किसानको भुक्तानी नदिए उद्योगीहरूलाई मन्त्रालयले कारबाही गर्ने जानकारी गराएको बताए ।

cura insider

‘अध्यक्षलाई हामीले भन्यौं तपाईंहरूको उद्योग हाम्रो मन्त्रालयअन्तर्गत भएको हुनाले उद्योगीहरूको हकहितको साथै किसानको हकहित पनि उत्तिकै महत्वपूर्ण हुन्छ । त्यसैले किसान पहिलो हुन् । किसानको तिर्नुपर्ने पैसा तपाईंहरूले तिर्नुहोस्, उद्योगीहरूसँग कुरा गर्नुहोस् होइन भने नेपाल सरकार प्रचलित कानूनबमोजिम जान्छ’, उनले भने ।

प्रवक्ता रेग्मीले किसानका समस्या समाधानका लागि मन्त्रालय संवेदनशील भएको पनि बताए । किसानलाई मन्त्रालयमा छलफलका लागि बोलाइएको तर नआएपछि फेरि पत्र दिएर छलफलमा आउन आग्रह गरिएको पनि उनले बताए ।

jackson ribon