birat ribon

उखु किसानको आन्दोलनमा काङ्ग्रेस र जसपाको समर्थन

Neuro
उखु किसानको आन्दोलनमा काङ्ग्रेस र जसपाको समर्थन

काठमाडौं/ उखु किसानको आन्दोलनमा प्रतिपक्षी दलहरू नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले एक्यवद्धता जनाएका छन् । काठमाडौंको माइतीघरमा भइरहेको किसानहरूको आन्दोलनमा काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा र जसपाका नेताहरू पुगेर एक्यवद्धता जनाएका हुन् ।

नेताहरूले किसानसँगै धर्नामा बसेर आन्दोलनमा एक्यवद्धता जनाए । सो क्रममा काङ्ग्रेस प्रवक्ता शर्माले किसानहरू उखुको मोल खोज्न नभई सरकार खोज्न आएको बताए । उखु उद्योगीले आफ्नो व्यक्तिगत समस्या देखाउँदै भुक्तानी नदिएपनि सरकारले भुक्तानी दिलाउन तत्परता देखाउनुपर्ने प्रवक्ता शर्माले बताए ।

cura insider

यस्तै अहिले सरकारमा बस्नेहरूले कमिसनलाई चिन्ने तर किसानलाई नचिन्ने गरेको बताउँदै उनले चुनावको बेला किसान र मजदूरलाई साथमा लिएर सरकारमा पुगेका मन्त्रीहरूले अहिले तीनै किसानहरूलाई नचिनेको बताए ।

उनले प्रदर्शनमा आउने किसानहरू किसान नै होइनन् भन्ने मन्त्रीको भनाइ सरकारको आधिकारीक धारणा हो वा होइन भन्दै प्रश्नसमेत गरे ।

किसानको आन्दोलनलाई एक्यवद्धता जनाउन पुगेका जसपाका नेताहरुले चिनी मिलका सञ्चालकहरूलाई गिरफ्तार गरेर भएपनि किसानको पैसा दिलाउनुपर्ने बताएका छन् । जसपा नेता नवराज सुवेदीले किसानले लिनुपर्ने बाँकी रकम मिल सञ्चालकलाई कारबाही गरेर भएपनि भुक्तानी गराउन सरकारले तत्परता देखाउनुपर्ने बताए ।

सरकारले छिटोभन्दा छिटो किसानका माग पूरा नगरे आफूहरूले देशभरका किसानलाई राजधानीमा उतार्ने चेतावनीसमेत दिए ।

उखु किसानहरू उद्योगीबाट लिनुपर्ने भुक्तानी दिलाइदिन माग गर्दै आइतबारयता काठमाडौंको माइतिघरमा आएर आन्दोलन गरिरहेका छन् । चिनी मिलले आफूहरूसँग किनेको उखुको मूल्य वर्षौंदेखि नतिरेकोले भुक्तानी पाउनुपर्ने माग गर्दै उखु किसानहरू आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले करिब ९० करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ ।

jackson ribon