birat ribon

विराटनगरका मिटरब्याजी ‘मन्टु साहु’, ऋण तीन लाख ब्याज ४४ लाख !

मागेअनुसार पैसा नदिनेलाई घर खाली गर्न धम्की

Neuro
विराटनगरका मिटरब्याजी ‘मन्टु साहु’, ऋण तीन लाख ब्याज ४४ लाख !मागेअनुसार पैसा नदिनेलाई घर खाली गर्न धम्की

विराटनगर । मोरङ धनपालथान गाउँपालिका–७ का ३६ वर्षीय विनोदकुमार सिंह खेती किसानी गर्छन् । खेती किसानी कामकै लागि उनले ८ वर्षअघि मन्टु भनिने सञ्जय रौनियारसँग ऋण तीन लाख रुपैयाँ ऋण लिए ।

विराटनगर महानगरपालिका–९ घोघापुल चोकमा बस्दै आएका मन्टु गाउँमा आउजाउ गर्ने भएकाले चिनजान पछि ९ कट्ठा ७ धुर जग्गा धितो राखेर ऋण निकालेका थिए । तीन लाख रुपैयाँको उनले नियमित ब्याज तिरिरहे । आठ वर्षको अवधिमा उनले १२ लाख रुपैयाँ बुझाइसकेका छन् ।

cura insider

पटकपटक ऋण चुक्ता गरेर पूजा फिर्ता मागे । तर पछिल्लो समय मन्टुले ३५ लाख नतिरेसम्म जग्गा नदिने बताउँदै धम्की दिइरहे । ‘मेरो जग्गाको मूल्य ३५ लाख पुग्दैन । पैसा नतिरे प्रहरी अदालतमा मेरा मान्छे छन् भन्दै धम्की दिइरहेका छन्’, उनले भने, ‘पैसा तिर्न धम्की दिइरहेका छन् ।’

विराटनगर महानगरपालिका– ८ प्रगति टोल बस्दै आएका ५२ वर्षीय महानन्द राय आमतले मन्टुसँग विराटनगरको एक कट्ठा जग्गा र घर धितो राखेर दुई लाख ५० हजार रुपैयाँ लिएका थिए ।

२०६७ सालमा ऋण लिएका उनले २९ लाख रुपैयाँ बुझाइसकेका छन् । तर मन्टुले पैसा पूरा नदिएको भन्दै घर खाली गर्न धम्की दिइरहेका छन् । ‘अहिले एक करोडभन्दा बढी पैसा तिर भन्दैछ,’ उनले भने, ‘हिसाब देखा भन्दा देखाउँदैन् तर घर खाली नगरे जवरजस्ती गर्ने धम्की दिइरहेको छ ।’

धनपालथान गाउँपालिका–१ नोचाका एखलाक हुसेन् मियाँले २०७० सालमा भान्जाको नाममा रहेको जग्गा धितोमा राखेर २ लाख ५० हजार रुपैयाँ ऋण लिए । २०७६ साल फागुनमा उनले १५ लाख रुपैयाँ बुझाएका छन् । तर अझै १५ लाख माग गरिरहेका छन् । माग गरेअनुसारको जग्गा नदिए थुनामा राख्ने धम्की दिँदै आएको उनले बताए ।

माथि उल्लेखित तीनजना मन्टु भनिने सञ्जयकुमार रौनियारबाट ठगिएका प्रतिनिधीहरू हुन् । विराटनगर–९ घोघापुलमा आलिशान महल बनाएका रौनियारले अन्य धेरैलाई ठगी गरेका छन् । ठगीमा पर्नेहरू खुल्दै आउन थालेका छन् ।

सोमबार मन्टुबाट ठगिएका मञ्जर हुसेन प्रहरी कार्यालय पुगेपछि अन्य पीडित मङ्गलबार प्रहरी कार्यालय पुगेका छन् । मोरङ धनपालथान गाउँपालिका–१ का ३९ वर्षीय मञ्जर हुसेनले चार लाख रुपैयाँ ऋणको ३६ लाख रुपैयाँ बुझाउँदासम्म आफ्नो जग्गा फिर्ता नभएपछि प्रशासन गुहार्न पुगेका थिए ।

ठगी गरेको उजुरी परेपछि प्रहरीले सोमबार राति मन्टुलाई पक्राउ गरेको छ । मङ्गलबार मात्रै १५–१६ जना सर्वसाधारण ठगिएको गुनासोसहित जिल्ला प्रहरी कार्यायल मोरङ पुगेका थिए । प्रहरीले रौनियारको घरबाट मिटरब्याज लगानीका केही कागजात पनि बरामद गरेको छ ।

एक दशकयता मन्टुले व्यक्तिको जग्गा धितोमा राख्ने र मिटरब्याजमा लगानी गर्ने गरेका थिए । ठगीको उजुरी परेपछि अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले जानकारी दिए ।

सर्वसाधारणले पनि उजुरीका लागि आइरहेको उनले बताए । ‘हामीले अनुसन्धान गर्दैछौं,’ उनले भने, ‘ठगीको थप विवरण खोज्ने काम जारी छ ।’

jackson ribon