birat ribon

प्रदेश १ मा मङ्गलबार एक सय छ कोरोना सङ्क्रमित

Neuro
प्रदेश १ मा मङ्गलबार एक सय छ कोरोना सङ्क्रमित

विराटनगर/ प्रदेश १ मा आज एक सय छ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीमा ३४, मोरङमा २४, झापामा १९, ताप्लेजुङमा १३, इलाममा ४, पाँचथरमा २, उदयपुर र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका ८ जनामा कोरोना पुष्टि भएको छ ।

यससँगै प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २९ हजार ८७ पुगेको छ ।

cura insider

प्रदेश १ मा आज ७८ जना डिस्चार्ज भएका छन् । होम आइसोलेशनबाट ७२, मेची अस्पतालबाट ४ र विराट मेडिकल कलेजबाट २ जना डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २३ हजार नौ सय १६ पुगेको छ ।

प्रदेश १ मा आज छ सय ७४ जनाको पिसिआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३७ महिला र ६९ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

हालसम्म २ लाख १ हजार ९५६ जनाको पिसिआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

jackson ribon