birat ribon

‘ सरकारमा ओलीको हालीमुहाली’

Neuro
‘ सरकारमा ओलीको हालीमुहाली’

विराटनगरर पार्टी र सरकारमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको एक्लौटी हालीमुहालीको विरोधमा अर्का अध्यक्ष प्रचण्ड एवं वरिष्ठ नेता माधव नेपाल खेमाका युवा तथा विद्यार्थीले जिल्लास्तरीय दवाव कार्यक्रम आयोजना गरेका छन् ।

विराटनगरमा आयोजित सो कार्यक्रममा पार्टी विधि र प्रक्रियाबाट नचलेर व्यक्तिवाद हावी भएको भन्दै ओलीको आलोचनासमेत भएको थियो ।

cura insider

कार्यक्रममा राष्ट्रिय युवा सङ्घका केन्द्रीय संयोजक तथा केन्द्रीय सदस्य रामप्रसाद सापकोटा (दीपशिखा)ले नेकपा हास्य कलाकारु नारायण त्रिपाठीको हातमा गएको बताए ।

उनले त्रिपाठीको हास्य टेलिचलचित्र ‘ट्वाक्क टुक्क’मा कुस्तिमा तल पर्दा पनि जिते र माथि पर्दा पनि जिते भन्ने जस्तो चरित्र नेकपा देखिएको जिकिर गरे ।

उनले पार्टीमा देखिएको गतिविधिले नेकपा पार्टी जस्तो नलाग्ने आफू केन्द्रीय सदस्यजस्तो अनुभव नहुने बताए । उनले भने, ‘नेकपा अहिले जुन गतिमा हिँडिरहेको छ । त्यही लयमा हिँडने हो भने नेकपाको दिन सकियो ।’

संयोजक सापकोटाले सरकारले चुनावी घोषणा पत्रमा उल्लेख गरेका एउटा पनि काम गर्न नसकेको अरोप लागाए । उनले सरकार गरिब, किसान र मजदुरको सरकार बन्न नसकेको बताए ।

सापकोटाले नेकपा नफुट्ने र फुट्न पनि नदिने प्रतिबद्धता जनाए । ‘नेकपा सगरमाथा जस्तो उचाइमा पुगेका कारण डिलमा भएकोले हामफाल्न सक्छ,’ उनले भने, ‘उचाइसँग अतालिएकाहरू भाग्न सक्छन् ।’ उनले देश अध्यादेशबाट होइन संसद्बाट चलाउनुपर्ने बताए ।

पूर्वमन्त्री शिवकुमार मण्डलले नेकपाको सरकारले नेकपाले जस्तो काम गर्न नसकेको बताए । गुटगत मानसिकताको कारण पार्टी सङ्कट पूर्ण अवस्थामा पुगेको बताए । अहिले आफ्नै पार्टीको कमजोरीको पक्षमा बोल्नसमेत नपाइने अवस्था आएको उनले बताए ।

एकतिहाइ बहुमत प्रप्त नेकपाको सरकारलाई अहिले काङ्ग्रेसले समेत भ्रष्ट भनेर आलोचन गर्ने अवस्थामा पुर्‍याएको बताए ।

नेकपाका केन्द्रीय सदस्य महेश रेग्मीले आफूहरूले खोजेको सत्ता कोही व्यक्तिलाई श्रीपेच लागाइदिने खालको नभएको बताए । उनले कसैलाई राजा बनाउने कसैलाई भगवान बनाउने काम भइरहेको बताए । उनले आफ्नै दलको विचार सुन्न नसक्ने नेकपाको चरित्र नभएको जिकिर गरे ।

नेकपाका मोरङ सचिव गणेश उप्रेतीले वैचारिक बहससँगै पार्टी एक ढिक्का भएर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए । साविक युवा सङ्घ नेपालका महासचिव नरेश शाहीले कोपी शर्मा ओली र प्रचण्डलाई अध्यक्ष बनाउन नभएर गरिब र किसानको मुहारमा उज्यालो ल्याउन एकता भएको जिकिर गरे ।

नेकपा प्रदेश सांसद् कुशल लिम्बूले नेकपाको तीनवर्षे कार्यकाल हेर्दा आफैँले आफैँलाई थुक्नुपर्ने अवस्थाम पुगेको बताए । सङ्घीय सांसद् अमनलाल मोदीले नेकपाभित्र निर्मम तरिकाको बहसको खाँचो रहेको बताए ।

कार्यक्रममा नेकपा नेता इश्वरी आचार्य, वसीम आलमलगायतले नेकपा एक भएर अघि बढ्नुपर्ने धारणा राखेका थिए ।

jackson ribon