Rumpum Advertisement

संवैधानिक परिषद् बैठकमा देउवा सहभागी नहुने

Neuro
संवैधानिक परिषद् बैठकमा देउवा सहभागी नहुने

काठमाडौं/ प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसका सभापति शेरबहादुर देउवा मङ्गलबार साँझ बोलाइएको संवैधानिक परिषद् बैठकमा सहभागी नहुने भएका छन् ।

आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी भएपछि देउवा परिषद् बैठकमा सहभागी नहुने भएका हुन् ।

राष्ट्रपतिले मन्त्री परिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा एक बमोजिम यो अध्यादेश जारी गरेकी हुन् ।

संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ ले अब संवैधानिक परिषद्मा हाल कायम रहेका सदस्यहरूको बहुमतले निर्णय गर्नसक्ने व्यवस्था गरेको छ ।

यसै अध्यादेशप्रति काङ्ग्रेस मात्र नभएर सत्तारुढ दलका नेताहरू रुष्ट भएका छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका साथै काङ्ग्रेस उपसभापति विमलेन्द्र निधि, नेताहरू शेखर कोइरालालगायतले अध्यादेशकाे विरोध गरेका छन् ।

यस्तैमा काङ्ग्रेस सभापति देउवा पनि विरोधस्वरुप परिषद् बैठकमा सहभागी नहुने देउवाका सहयोगी भानु देउवाले जानकारी दिए । उनका अनुसार अध्यादेश आएपछि सभापति देउवाले बैठकमा नजाने निर्णय लिएका हुन् ।