Rumpum Advertisement

घरेलु तथा साना उद्योग महासङ्घमा निरौला

घरेलु तथा साना उद्योग महासङ्घमा निरौला

विराटनगर/नेपाल घरेलु तथा साना उद्योग महासङ्घ मोरङको अध्यक्षमा सफल युवा उद्यमी चेतन निरौला चयन भएका छन् ।

विराटनगरमा सोमबार सम्पन्न महासंघ मोरङको ११ औँ जिल्ला अधिवेशन, २२ औँ जिल्ला सम्मेलन तथा महिला उद्यम समितिको १९ औँ जिल्ला भेलाले सफल युवा उद्यमीमा रुपमा चिनिएका निरौलालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । उनी यसअघिको कार्यसमितमा उपाध्यक्ष थिए ।

अधिवेशनले निरौलासहित आफ्नो क्षेत्रमा सफल उद्योगीको पहिचान बनाएका युवा उद्यमीहरुको टिम सर्वसम्मत चयन भएको हो ।

अधिवेशनले वरिष्ठ उपाध्यक्षमा गोपाल काफ्ले, उपाध्यक्षमा विजयकुमार राय, महासचिवमा एकराज ढकाल र कोषध्यक्षमा दामोदर पोखरेल चयन भएका छन् । त्यसैगरी कार्यसमिति सदस्यहरुमा रमेशकुमार खड्का, लालबाबु भगत, उद्धव कोइराला, भुपाल थापा, नारायणप्रसाद राई, रमेश राउत, विनोद ढकाल, सोमी भगत चौलागाईँ, चन्द्रप्रकाश अधिकारी, सीता राई, सुमन प्रसाई, सयदा तवस्सुम, र तुलसी ढकाल चयन भएका छन् । महासङ्घ मोरङको २३ सदस्यीय कार्यसमिति हुनेमा अन्यलाई मनोनित गरिने नवनिर्वाचित अध्यक्ष निरौलाले जानकारी दिए ।

त्यस्तै महिला उद्यम समितिको अध्यक्षमा सफल महिला उद्यमी सुनिता छाराहाङ सर्वसम्मत चयन भएकी छन् । समितिको वरिष्ठ उपाध्यक्षमा जीना श्रेष्ठ, उपाध्यक्षमा अम्बिका भण्डारी, महासचिवमा मालती आचार्य, कोषाध्यक्षमा यमुना पोखरेल चयन भएको जनाइएको छ ।

त्यसैगरी महिला उद्यम समिति मोरङको कार्यसमिति सदस्यमा भूमिका गिरी, रीता दाहाल, सम्झना ढुङ्गेल, रोजी श्रेष्ठ, सविता थापा, नरमाया खनाल, योगमाया पोखरेल र सुनिता अग्रवाल चयन भएको निर्वाचन समितिले जनाएको छ ।

घरेलु तथा साना उद्योग महासङ्घ मोरङका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमित सदस्यहरुलाई महासङ्घका केन्द्रीय उपाध्यक्ष मुकेश उपाध्याय र महिला उद्यम समितिका पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुलाई महिला उद्यम समितिका केन्द्रीय उपाध्यक्ष अञ्जु उपाध्यायले पद तथा गोपनियताको सपथग्रहण गराए ।

सपथग्रहण कार्यक्रममा नवनिर्वाचित अध्यक्ष निरौलाले आगामी एक वर्षभित्रमा जिल्लाका सबै स्थानीय तहहरुमा महासङ्घको शाखा विस्तार गर्ने, महासङ्घ मोरङलाई आर्थिक रुपमा बलियो बनाउने, महिला उद्यमीहरुको क्षमता विकास गर्ने, भारतबाट खुला सिमानाका कारण हुने अवैध चोरी निकासी पैठारीका कारण स्वदेशी उत्पादन र स्वदेशी बजार धरासायी हुने भएकाले चोरी निकासी पैठारी पूर्णरुपमा नियन्त्रणका लागि सरोकारवाला निकायहरुसँग समन्वय गरी दवाव दिने, बैङ्कक, बित्तीय संस्था तथा बिमा कम्पनीहरुसँग सहकार्य अघि बढाउने, घरेलु तथा साना उद्योगको प्रचारप्रसारका लागि सबै प्रकारका सञ्चार माध्यामहरुसँग सहकार्य आफ्नो कार्यकालमा गर्ने प्रतिबद्धता जनाए ।

अधिवेशनको उद्घाटन प्रदेश १ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री जगदिश कुसियतले गमलामा पानि रोपेर गरेका थिए । सो अवसरमा बोल्दै मन्त्री कुसियतले घरेलु तथा साना उद्योग राष्ट्रको मेरुदण्ड भएकाले प्रदेश सरकारले सो क्षेत्रको समस्य समाधान गर्ने बताए ।

उनले उद्यमीहरुका समस्या सम्बोधन गर्न प्रदेश सरकारले उद्योग ऐन ल्याएको र नियमावली बनिसकेपछि कानुनी समस्या अन्त्य हुने दावी गरे । उनले कोरोनाका कारण उद्योग क्षेत्र निकै प्रभावित भएको बताउँदै प्रदेश सरकारले वातावरण सहज बनाउने प्रयत्न गर्दै आएको बताए ।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले कोरोना महामारीका कारण थलिएका उद्योग कलकारखानाप्रति सरकार सम्वेदनशील बन्नुपर्ने बताए । उनले महासङ्घको दिएको २४ वटा सुझावहरुमध्ये सरकारले मौद्रिक नीतिमा २० वटा सुझाव समेटेको बताए ।

कार्यक्रममा संविधानसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले मुलुक स्थीर रहेमात्र समृद्धि आउने बताए । उनले देशलाई अस्थीरतातर्फ धकेल्न ठूलो षड्यन्त्रको जालो बुनिएकाले मुलुक अस्थीर बने निजी क्षेत्रलाई सबैभन्दा ठूलो असर पर्ने भएकाले खबरदारी गर्नुपर्ने बताए ।

कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्ष मुकेश उपाध्याय, महिला उद्यम समितिका केन्द्रीय अध्यक्ष अञ्जु उपाध्याय, पूर्वअध्यक्ष लता प्याकुरेल, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, विराट व्यापार सङ्घका अध्यक्ष सुजन थापा, मोरङ व्यापार सङ्घका महासचिव अनिल साहलगायतले शुभकामना व्यक्त गरे ।

सो अवसरमा प्रदेश १ लाई कार्यक्षेत्र बनाएर लामो समयदेखि पत्रकारिता गर्दै आएका पत्रकार किशोर विश्वकर्मालाई सम्मान गरिएको थियो । विश्वकर्मालाई प्रदेश १ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदिस कुसियतले नगद पाँच हजार रुपैयाँसहित सम्मानपत्रले सम्मान गरे ।

त्यस्तै, अधिवेशनका अवसरमा निवर्तमान अध्यक्ष र पूर्वअध्यक्षहरु, महिला उद्यम समितिका पूर्वअध्यक्षलगायत एक दर्जनभन्दा बढी व्यक्तित्वलाई सम्मान गरिएको थियो ।