Rumpum Advertisement

अध्यादेश सर्वत्तावादी र अधिनायकवादी काम : निधि

अध्यादेश सर्वत्तावादी र अधिनायकवादी काम : निधि

विराटनगर÷ नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले राष्ट्रपतिबाट हालै जारी भएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको विरोध गरेका छन् ।

सामाजिक सञ्जालमार्फत् निधिले मङ्गगलबार राष्ट्रिपति विद्यादेवी भण्डारीबाट जारी भएको अध्यादेशको विरोध गरेका हुन् ।

यस अध्यादेशलाई सर्वसत्तावादी र अधिनायकवादी कामको रूपमा अर्थ्याउँदै निधिले भनेका छन्, ‘आज अचानक आएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सर्वसत्तावादी र अधिनायकवादी काम हो । संविधान र प्रणालीमिाथि नाङ्गो आक्रमण हो । घोर भर्त्सना गर्दछु । यो अध्यादेश स्वीकार्य हुँदैन ।’