Rumpum Advertisement

अध्यादेश जारी भएपछि जनार्दन शर्माको प्रश्न : सत्ता स्वार्थको परकाष्ठा किन ?

अध्यादेश जारी भएपछि जनार्दन शर्माको प्रश्न : सत्ता स्वार्थको परकाष्ठा किन ?

काठमाडौं/ राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेलगत्तै सत्तारुढ दलका नेताहरू रुष्ट बनेका छन् । सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का साथै सत्तारूढ दलका नेताहरू पनि रुष्ट बनेका छन् ।

मङ्गगबार राष्ट्रपतिले मन्त्री परिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा एक बमोजिम यो अध्यादेश जारी गरेकी हुन् ।

संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ ले अब संवैधानिक परिषद्मा हाल कायम रहेका सदस्यहरूको बहुमतले निर्णय गर्नसक्ने व्यवस्था गरेको छ ।

अध्यादेश जारी भएपछि नेकपाका नेता जनार्दन शर्माले पनि राष्ट्रपतिबाट जारी अध्यादेश फिर्ता हुनुपर्ने धारणा राखेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘फेरि अध्यादेश ! सत्ता स्वार्थको परकाष्ठा किन ? छलफल, सहमतिको सहज प्रक्रियाको सट्टा असहज प्रक्रियाको सहारा भनेको असफलताको बाटोबाहेक केही हुन सक्दैन । हतास मनस्थितिबाट मुक्त होऔँ ! अध्यादेश फिर्ता गर ।’