birat ribon

मुटुको रोग लाग्न नदिन ध्यान दिनुपर्ने केही कुरा

Neuro
मुटुको रोग लाग्न नदिन ध्यान दिनुपर्ने केही कुरा

विराटनगर/मुटुमा लाग्ने विभिन्न रोगमध्ये धेरै देखिने समस्यामा हर्टअट्याक पर्छ ।

मुटुलाई रक्तसञ्चार गर्ने नलीमा कुनै पनि कारण अवरोध आएको खण्डमा मुटुले राम्रोसँग रगत पाउँदैन । रगतमा हुने अक्सिजन र अन्य पोषक तत्व मुटुमा नपुग्दा मुटुको कुनै पनि भागको मांसपेशीको मृत्यु हुन सक्छ । मुटुले राम्ररी काम गर्न सक्दैन र यस अवस्थामा हृदयाघात अथवा हर्टअट्याक हुने सम्भावना उच्च रहन्छ ।

cura insider

वंशाणुगत, उमेर, अस्वस्थकर खाना खाने, शारीरिक व्यायाम नगर्ने निस्क्रिय जीवनशैली, मोटोपना, उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल तथा धुम्रपानका कारण सानो उमेरदेखि नै मुटुमा समस्या हुने सम्भावना बढ्दै जान्छ । मुटुको रोग लागेपछि उपचार गर्नुभन्दा लाग्नै नदिन रोकथाम गर्नु राम्रो हुन्छ । हर्टअट्याक एकदम खतरनाक हुनसक्ने हुँदा यसमा पहिलादेखि नै सावधानी अपनाउनु पर्ने हुन्छ ।

विराटनगरस्थित न्यूरो कार्डियो एन्ड मल्टी स्पेसालिटी हस्पिटलका मुटुरोग विशेषज्ञ डा. निकेशराज श्रेष्ठका अनुसार अस्वस्थकर जीवनशैलीलाई परिवर्तन गरेर स्वस्थकर र सक्रिय जीवनशैली अपनाउनु पर्छ । हप्ताको पाँच दिन २० देखि ३० मिनेट आफूले सक्ने नियमित शारीरिक व्यायाम गर्ने, तौललाई नियन्त्रणमा राख्ने, सुगर, प्रेसर र कोलोस्ट्रोलको मात्रा नियमित चेकजाँच गरी नियन्त्रणमा राख्नाले मुटुरोगको जोखिमलाई कम गर्छ ।

धुम्रपान त्याग्दा मात्र पनि धेरै मुटुको समस्याहरू रोक्न सकिन्छ । खानेकुरामा जङ्क तथा प्रशोधित खानालाई त्यागेर हरियो सागसब्जी, फलफूललगायतका स्वस्थ खानेकुरामा जोड दिनु पर्छ । रोग लुकाएर बस्दा समस्या थप जटिल हुन सक्ने हुँदा मुटुमा समस्या भएमा, केही लक्षण देखिन थालेमा अस्पताल वा डाक्टरकोमा जान एकदमै जरूरी हुन्छ ।

साथै, तनावलाई कम गरी सक्रिय रहन सकेमा मुटुसम्बन्धी मात्र नभएर अन्य धेरै रोग लाग्नबाट बच्न सकिन्छ ।

jackson ribon