Rumpum Advertisement

रियललाई लिग लिडर सोसिडाडसँग अङ्क बराबरी गर्ने अवसर

रियललाई लिग लिडर सोसिडाडसँग अङ्क बराबरी गर्ने अवसर

विराटनगर/ स्पेनिस ला लिगामा आज राति साविक विजेता रियल मड्रिडले आफ्नो १३औं खेल खेल्दैछ । नेपाली समयानुसार राति २ः४५ बजे हुने सो खेलमा रियलले एथ्लेटिक बिल्बाओसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

रियलको मैदानमा हुने यस खेलमा घरेलु टोलीलाई शीर्ष स्थानको रियल सोसिडाडसँग अङ्क बराबरी गर्ने अवसर छ ।

हाल रियल २३ अङ्कका साथ तेस्रो स्थानमा छ । अब बिल्बाओमाथि जित निकालेमा रियलले २६ अङ्क बनाउनेछ । तर, गोलान्तरको आधारमा रियल सोसिडाडभन्दा पछि पर्नेछ ।

बिल्बाओमाथि जित निकालेमा रियल दोस्रो स्थानमा उक्लिनेछ । रियलको आजको प्रतिद्वन्द्वी बिल्बाओ भने १४ अङ्कका साथ १३औं स्थानमा छ ।