birat ribon

सन पाँचौं पटक वर्ष खेलाडी घोषित

Neuro
सन पाँचौं पटक वर्ष खेलाडी घोषित

विराटनगर/ इंग्लिस क्लब टोटनह्यामका स्ट्राइकर सन हिउङ–मिन ‘केएफए प्लेयर अफ दि इयर २०२०’ घोषित भएका छन् । कोरियन फुटबल महासङ्घले राष्ट्रिय फुटबल टोलीका कप्तान सनलाई वर्ष खेलाडी घोषणा गरेको हो ।

महासङ्घले मङ्गलबार भोटमार्फत् सन वर्षकै उत्कृष्ट पुरुष खेलाडी बनेको जनाएको छ । यससँगै केन सर्वाधिक पाँच पटक वर्षको उत्कृष्ट खेलाडी बन्ने कीर्तिमान बनाएका छन् ।

cura insider

दक्षिण कोरियाली फरवार्ड सनले सन् २०१५ यता टोटनह्यामबाट खेलिरहेका छन् । २८ वर्षीय सनले टोटनह्यामबाट २४८ खेल खेलेका छन्, जसमा उनले ९८ गोल र ५४ असिस्ट गरेका छन् ।

jackson ribon