birat ribon

दिव्याको ‘नौलो आयाम’ सार्वजनिक

Neuro
दिव्याको ‘नौलो आयाम’ सार्वजनिक

विराटनगर/साहित्यकार दिव्या गुरागाईँद्वारा लिखित ‘नौलो आयाम’ नामक पुस्तकको विमोचन गरिएको छ । मङ्गलबार विराटनगरको पुसेट क्याम्पसमा एक कार्यक्रमको आयोजना गरी उक्त पुस्तकको विमोचन गरिएको हो ।

समाज परिवर्तनका लागि नौलो आवाज भन्ने भनाइलाई आत्मसाथ गर्दै उक्त पुस्तकले महिला सशक्तिकरणमा जोड दिएको छ । पुस्तकमा छोरीलाई समाजले हेर्ने दृष्टिकोण, छोरी भएर जन्मिएपछि भोग्नुपर्ने अनेक पीडालाई बुलन्द गर्न खोजिएको छ ।

cura insider

कार्यक्रममा साहित्यकार तथा नाट्यकर्मी भरत गुरागाईँ, मेरिल्यान्ड क्याम्पसका अध्यापक सन्तोष आचार्य, पुसेट व्यवस्थापन क्याम्पसकी क्याम्पस प्रमुख सोनिला शाक्य, दन्त चिकित्सक डा. मीरा आचार्य, नेकपा प्रदेश कमिटी सदस्य सुशीला घिमिरे, ब्युटिसियन रक्तिमा जोशीलगायतको सहभागिता रहेको थियो ।

jackson ribon