Rumpum Advertisement

पशुपतिनाथ मन्दिरमा क्षमा पूजा

Neuro
पशुपतिनाथ मन्दिरमा क्षमा पूजा

काठमाडौँ/हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरमा आज क्षमा पूजा गरिएको छ ।

कोरोना संक्रमणको जोखिमका कारण नौ महिनादेखि बन्द गर्नुपर्दा क्षमा पूजा गरिएको पशुपति क्षेत्र विकास कोषले बताएको छ । क्षमा पूजाका लागि राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान पशुपतिनाथ पुगेकी थियन् ।

प्राचीनकालदेखि नियमित रुपमा पूजा हुँदै आएकोमा कोरोनाका कारण बन्द गर्न बाध्य भएपछि क्षमा पूजा गरिएको हो । आज क्षमा पूजा गरिएपछि भोलिदेखि सर्वसाधारणका लागि खोल्न लागिएको पनि पशुपति क्षेत्र विकास कोषले बताएको छ ।

पहिलो चरणमा मन्दिरको पश्चिम ढोकाबाट भक्तजनहरुलाई प्रवेश गर्न दिइने छ भने सोही ढोकाबाट नै बाहिर निस्कने व्यवस्था मिलाइएको छ । मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्य मास्क लगाउनु पर्नेछ । मन्दिरभित्र हुने विषेश पूजा, भजनकीर्तनलगायतका क्रियाकलाप भने अहिले सुरु नहुने भएको छ ।