Rumpum Advertisement

दैनिक एकै समयमा व्यायाम गर्नाले अधिक तौल कम गर्न मद्दत गर्छ

Neuro
दैनिक एकै समयमा व्यायाम गर्नाले अधिक तौल कम गर्न मद्दत गर्छ

विराटनगर/प्रत्येक दिन कम्तिमा ३० मिनेट व्यायाम गर्नु महत्वपूर्ण हुन्छ, तर यसलाई तालिका मिलाएर नियमित गर्नु पनि त्यस्तै महत्वपूर्ण हुन्छ ।

व्यायाम गर्ने समय निर्धारण गरी दैनिक त्यही समयमा व्यायाम गर्नाले वास्तवमा अधिक तौल कम गर्न मद्दत गर्छ । ओबसिटी नामक जर्नलमा प्रकाशित अध्ययनका अनुसार दैनिक एक निश्चित समयमा रहेर व्यायाम गर्नाले व्यक्तिलाई सजिलो तरिकाले बढी तौल घटाउन मद्दत गर्छ । दैनिक एकै समयमा व्यायाम गर्नाले उच्च शारीरिक गतिविधिको स्तर बढ्ने अध्ययनको निष्कर्ष रहेको छ ।

नियमित मध्यमदेखि जोडदार शारीरिक गतिविधिमा संलग्न भएर आफ्नो तौल नियन्त्रण राख्न सफल तीन सय ७५ स्वस्थ वयस्कलाई अनुसन्धानमा सहभागी गराइएको थियो । अध्ययनमा सहभागी जनाएका ६८ प्रतिशत व्यक्ति हप्ताको केही दिन एकै समयमा व्यायाम गर्थे भने बाँकी सहभागीहरूले फरक समयमा व्यायाम गर्थे ।

दिनको एकै समयमा व्यायाम गर्ने व्यक्तिले फरक समयमा व्यायाम गर्ने मानिसको तुलनामा धेरै व्यायाम गर्ने पाइयो । निर्धारित समयमा व्यायाम गर्नेहरुले एक हप्तामा तीन सय ५० मिनेटको शारीरिक क्रियाकलाप गरेका थिए भने फरक समयमा गर्नेले दुई सय ८५ मिनेट मात्र व्यायाम गरेको पाइयो ।

एकै समयमा व्यायाम गर्नाले व्यायामलाई एक बानी बनाउन मद्दत गर्छ, जसले थप मानिसमा स्वचालित रूपमा व्यायाम गर्नका लागि समय छुट्याउन मद्दत गर्छ ।