birat ribon

जस्तोले त्यस्तै

Neuro
जस्तोले त्यस्तै

बडो गजब छ, दुनियाँलाई ‘गुलियो’ पस्किने उखु किसान स्वयम् भने ‘तितो’ अनुभव सँगाल्न बाध्य छन् । चिनी मिलबाट लिन बाँकी ९० करोडभन्दा बढी रकमका लागि उनीहरू काठमाडौँको सडकमा ज्यानमारा चिसो बेहोर्न बाध्य भएको देख्दा कन्टिर–बाबूलाई औडाहा भा’छ ।

तर कन्टिर–बाबूमात्र दुखी भएर के गर्नु ? सरकार भने किसानलाई उल्टै दुःखमाथि दुःख थप्न र सकेसम्म अपमान गर्न तल्लीन छ । सरकारले किसानका मागलाई ‘बिचौलिया’को कर्तुत देखेको छ । सरकारको यो दृष्टिदोषका कारण कन्टिर–बाबू परेसान छन् ।

cura insider

त्यसो त सरकारको त्यस्तो गलत बुझाइ, बोली–वचन र रवैयाप्रति हामीले दुःख किन मान्नु ? जो आफू जस्तो हुन्छ, उसले त्यस्तै देख्छ, बुझ्छ । आफैँ बिचौलियाबाट सञ्चालित, आफैँ बिचौलियाको मतियार हुनेले अरूलाई पनि बिचौलिया देख्नु कुन अनौठो भो !

यस्तो बेलामा कन्टिर–बाबू जहिले पनि आनी छोइङ डोल्माले गाएको गीत सम्झन्छन् – काँडाको आँखामा काँडै संसार … !

jackson ribon