Rumpum Advertisement

भन्सार छली ल्याएको ट्रयाक्टर बरामद

भन्सार छली ल्याएको ट्रयाक्टर बरामद

विराटनगर/मोरङ प्रहरीले भारतबाट अवैधरुपमा चोरीपैठारी गरी ल्याउँदै गरेको अनटेस्ट ट्रयाक्टर बरामद गरेको छ ।

सुनवर्षी नगरपालिका–७, गुद्री चोकमा सोमबार बेलुका आठ बजेतिर अन्दाजी १६ लाख रुपैयाँ मूल्य पर्ने ट्रयाक्टर बरामद गरिएको मोरङ प्रहरीले जनाएको छ ।

प्रहरी चौकी बरडंगाबाट गएको गस्ती टोलीले बरामद गरेको ट्रयाक्टर भन्सार कार्यालय रानीमा बुझाइने प्रहरीले जनाएको छ ।