Rumpum Advertisement

मोरङबाट ४९ बोरा चिनीसहित चार पक्राउ

मोरङबाट ४९ बोरा चिनीसहित चार पक्राउ

विराटनगर/प्रहरीले मोरङको धनपालथान गाउँपालिकाबाट ४९ बोरा चिनीसहित चारजनालाई पक्राउ गरेको छ । मंगलबार बेलुका धनपालथान गाउँपालिका–४ का सुनिल राजवंशीको गोदामअगाडि बरण्डाबाट ४९ बोरा चिनीसहित चारजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मोरङ रङ्गेली नगरपालिका–१ मा २१ वर्षीय अभिषेककुमार साह, धनपालथान गाउँपालिका–२ का १७ वर्षीय दीपककुमार मण्डल, सोही स्थानका १८ वर्षीय अर्जुनकुमार मण्डल र १९ वर्षीय रूपेश मण्डल छन् ।

भारतको कुवाडीबाट अवैधरूपमा भन्सार छली ल्याएको चिनीको बजार मूल्य एक लाख ४७ हजार बराबर रहेको बताइएको छ । प्रहरीले गोदामबाट चिनी पल्टी गर्ने चार जनालाई पक्राउ गरेको हो ।

बरामद सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय रानी, विराटनगर बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले बताए । गोदामबाट प्रहरीले को१८प ५७४३, को२२प १६४४ र को११६६५९ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको छ ।