birat ribon

संवैधानिक परिषद्को बैठकमा गएनन् सभामुख

Neuro
संवैधानिक परिषद्को बैठकमा गएनन् सभामुख

विराटनगर / सभामुख अग्निप्रसाद सापकोटा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद्को बैठकमा अनुपस्थित भएका छन् ।

आइतबार विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख सापकोटा नजाँदा बैठक मङ्गलबार बिहानका लागि सारिएको थियो । तर मङ्गलबारको बैठकमा सभामुख सापकोटा नगएका हुन् ।

cura insider

संवैधानिक परिषद्का सदस्यसमेत रहेका सभामुख सापकोटा प्रधानमन्त्री ओलीको कार्यशैलीबाट असन्तुष्ट भएर परिषद्को बैठकमा नगएका हुन् ।

उनी सहभागी नभएपछि बैठकमा गणपुरक सङ्ख्या पुगेन । मङ्गलबार भने अध्यक्ष र सदस्यहरूबीच समन्वय नभएपछि सापकोटा बैठकमा नगएको स्रोतले बताएको छ ।

स्रोतका अनुसार परिषद्को बैठकका एजेन्डाहरू ४८ घण्टाअघि नै सदस्यहरूलाई उपलब्ध गराइनुपर्ने व्यवस्था भए पनि अध्यक्ष रहेका प्रधानमन्त्रीले एजेन्डा उपलब्ध गराएका छैनन् ।

jackson ribon