birat ribon

विराटनगरमा मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

Neuro
विराटनगरमा मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

विराटनगर । विराटनगरमा मोटरसाइकलको ठक्करबाट सोमबार राति एक वृद्धा महिलाको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–१५ झमेली चोकस्थित भित्री सडक खण्डमा उत्तरतर्फ जाँदै गरेको मे ७ प ६३३२ नम्बरको मोटरसाइकलले पैदल यात्रा गरिरहेकी वृद्धालाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा विराटनगर–१५ की ६५ वर्षीया विखियादेवी साहको ज्यान गएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राकेशकुमार पोदारले जानकारी दिए ।

cura insider

उनका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएकी वृद्धाको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा राति १० बजे मृत्यु भएको हो । प्रहरीले मोटरसाइकल चालक मोरङको रतुवामाई नगरपालिका–७ का २२ वर्षीय विक्रम साहलाई नियन्त्रणमा लिएको छ ।

प्रारम्भिक अनुसन्धानबाट साहले सवारी चालक अनुमति पत्र (लाइसेन्स) नलिइकन सवारी साधन मोटरसाइकल चलाउने गरेको पाइएको छ । लाइसेन्स बिनानै लापरबाहीपूर्ण तरिकाले तीव्र गतिमा मोटरसाइकल कुदाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

jackson ribon