Rumpum Advertisement

गौतमबुद्ध कप : उपाधिका लागि नारायणी र राप्ती भिड्दै

गौतमबुद्ध कप : उपाधिका लागि नारायणी र राप्ती भिड्दै

विराटनगर/ गौतमबुद्ध कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज फाइनल खेल आज हुँदैछ । भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमूना मैदानमा हुने यो खेलमा उपाधिका लागि नारायणी र राप्ती खेल्दैछन् ।

फाइनल खेल बिहान ११ बजेदेखि सुरु हुनेछ । जसमा दुवै टिम उपाधि जित्ने दाउमा हुनेछन् । दुवै टोलीले वाग्मतीलाई हराएर फाइनलमा स्थान बनाएका हुन् ।

गत आइतबार भएको खेलमा राप्तीले वाग्मतीलाई ११ रनले र शनिबार भएको पहिलो खेलमा सुपर ओभरमा नारायणीले वाग्मतीलाई हराएको थियो ।

कोरोनाका कारण प्रभावित खेलकुदलाई चलायमान बनाउन वाग्मती प्रदेश क्रिकेट सङ्घले प्रतियोगिताको आयोजना गरेको हो ।