Rumpum Advertisement

बालोन डी‘ओर ड्रिम टिममा मेस्सी र रोनाल्डो

Neuro
बालोन डी‘ओर ड्रिम टिममा मेस्सी र रोनाल्डो

विराटनगर/ फ्रान्स फुटबल महासङ्घले बालोन डी‘ओर ड्रिम टिमको घोषणा गरेको छ । अनलाइन भोटिङमार्फत् नतिजा आएसँगै महासङ्घले सर्वकालीन उत्कृष्ट ११ खेलाडी रहेको बालोन डी‘ओर ड्रिम टिमको घोषणा गरेको हो ।

३–४–३ फर्मेसनमा सार्वजनिक गरिएको सो टिममा बार्सिलोनाका कप्तान लियोनल मेस्सी र युभेन्टसका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो पनि समावेश छन् ।

त्यसबाहेक लिजेन्ड खेलाडीहरू रसियन खेलाडी लेभ याशिन, ब्राजिलियन फुलब्याक काफु, जर्मनीका फ्रान्ज बेकेनबर, इटालियन पाउलो माल्डिनी, बार्सिलोनाका मिडफिल्डर जाभी हर्नान्डेज तथा लोथर माथाअस, ब्राजिलियन पेले, अर्जेन्टिनी म्याराडोना र ब्राजिलका रोनाल्डो नाजारियो पनि समावेश छन् ।