birat ribon

माग पूरा नभए सिंहदरबार घेर्ने उखु किसानहरूको चेतावनी

Neuro
माग पूरा नभए सिंहदरबार घेर्ने उखु किसानहरूको चेतावनी

काठमाडौं/ आन्दोलनरत सर्लाहीका उखु किसानहरूले आफूहरूको माग पूरा नभए सिंहदरबार घेर्ने चेतावनी दिएका छन् । सोमबार आन्दोलनको दोस्रो दिन माइतीघरमा प्रदर्शनमा उत्रिएका उनीहरूले आफूहरूको माग पूरा नभए सिंहदरबार घेर्ने चेतावनी दिएका हुन् ।

आफूहरूले पाउनुपर्ने बाँकी रकम लामो समयसम्म नपाएको भन्दै उखु किसानहरूले आज पनि माइतीघरमा विरोध प्रदर्शन गरेका थिए । चिनी मिल सञ्चालकबाट बाँकी रकम उठाइदिन सरकारले गरेको वाचा पूरा नभएको भन्दै सर्लाहीका उखु किसानले हिजोदेखि काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका हुन् ।

cura insider

उनीहरूले गत वर्षको पुस १६ गते सरकारसँग भएको ५ बुँदे सम्झौता कार्यान्वयन गर्न माग गरेका छन् । सरकारले किसानसँग गरेको पटकपटकको वाचाअनुसार मंसिर २६ गतेसम्म किसानले बाँकी रकम प्राप्त गर्नुपर्ने भएपनि एक वर्षको अवधिमा कुनै प्रगति नभएको उखु किसान संघर्ष समितिले जनाएको छ ।

उखु किसानहरूले चिनी मिलहरूसँग करिब ९० करोड रुपैयाँ लिन बाँकी रहेको छ ।

jackson ribon