birat ribon

देशव्यापी प्रदर्शनबाट पार्टीलाई नयाँ ऊर्जा मिलेको छ : देउवा

Neuro
देशव्यापी प्रदर्शनबाट पार्टीलाई नयाँ ऊर्जा मिलेको छ : देउवा

काठमाडौं÷ नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार देशव्यापी रूपमा आयोजना गरिएको विरोध प्रदर्शनले पार्टीलाई नयाँ ऊर्जा मिलेको बताएका छन् ।

आज साँझ विज्ञप्ति जारी गरी पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले देशव्यापी गरिएको प्रदर्शनले पाटीएलाई नवीन ऊर्जा प्रदान गरेको जनाए ।

cura insider

उनले यो ऊर्जालाई अभिवृद्धि गर्दै कांग्रेस आगामी दिनमा अझ सशक्त ढङ्गले अघि बढ्ने उद्घोष गरे ।

सभापति देउवाले प्रदर्शनमा भएको सहभागिताले एकाइसौँ शताब्दीका नेपाली जनता लोकतन्त्र र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल मार्गबाटै देशको भविष्य सुनिश्चित गर्न चाहन्छन् भन्ने बलियो मत आज प्रकट भएको उल्लेख गरे ।

No photo description available.

jackson ribon