birat ribon

पुल बनाउँदा कम्युनिस्टहरूले करङ भाँच्छन् : नेता पौडेल

Neuro
पुल बनाउँदा कम्युनिस्टहरूले करङ भाँच्छन् : नेता पौडेल

काठमाडौं/नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्ममाथि सरकारले नै प्रहार गरिरहेको बताएका छन् ।

सरकारको विरोधमा काङ्ग्रेसले काठमाडौंमा गरेको प्रदर्शनलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले लोकतन्त्रमाथि सरकारले नै पहिलो प्रहार गरेको बताए ।

cura insider

लोकतन्त्रमाथि प्रहार गर्नेहरूमा प्रतिगामी तत्व (राजावादी) र विप्लव माओवादी दोस्रो र तेस्रो रहेको पनि उनले बताए । ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्ममाथि पहिलो प्रहार सर्वसत्तावादी कम्युनिस्टले गर्दैछ । दोस्रो प्रहार देशका प्रतिगामी तत्वहरूले गर्दैछन् र तेस्रो प्रहार हिजोकै माओवादीभित्रका विप्लवले गर्दैछ । यी सबै तत्वहरू लेकतन्त्रलाई यो देशमा टिक्न नदिने, सहन नसक्ने, जनताको अधिकारलाई सम्मान गर्न नसक्ने, लोकतन्त्रलाई आत्मसाथ गर्न नसक्ने तत्वहरू हुन्,’ उनले भने ।

वरिष्ठ नेता पौडेलले लोकतान्त्रिक व्यवस्थाका सञ्चालकहरू नै लोकतन्त्रवादी नभएकाले जनताले दुःख पाइरहेको बताउँदै अलोकतन्त्रवादीहरूले सरकार चलाइरहेकाले लोकतन्त्र सङ्गकटमा पार्न खोजिएको बताए ।

तर नेपाली काङ्ग्रेस रहँदासम्म लोकतान्त्रलाई सङ्कटमा पार्न नदिनेसमेत वरिष्ठ नेता पौडेलले बताए । वरिष्ठ नेता पौडेलले राजाको निर्दलीय पञ्चायतमा रुख रोप्दा टाउको फुटाउने गरेको स्मरण गर्दै अहिलेका कम्युनिस्टहरूले पुल बनाउँदा करङ भाँचिदिएको बताए ।

उनले राजा र कम्युनिस्ट एक सिक्काका दुईपाटा भएको टिप्पणी गर्दै भने, ‘राजाको निर्दलीय पञ्चायतको बेला हामीले रुख रोप्दा हाम्रा टाउका फुट्थे, आज कम्युनिस्टको सर्वसत्तावादमा हामीले पुल बनाउँदा हाम्रा करङ भाँचिदै छन् । यो एउटा विडम्बना हो । यो एउटै सिक्काका दुईपाटा हुन् ।’

jackson ribon