Rumpum Advertisement

बच्चाहरूलाई सन् २०२१ को अन्त्यसम्ममा खोप दिन सकिने

बच्चाहरूलाई सन् २०२१ को अन्त्यसम्ममा खोप दिन सकिने

विराटनगर/ कोरोना भाइरसको सङ्क्रमणको जोखिम कम गर्न विभिन्न खोप स्वीकृत भएसँगै प्रयोगमा आउन थालिसकेका छन् । पहिलो चरणको खोप अभियानमा जोखिम समूह, स्वास्थ्यकर्मी तथा जेष्ठ नागरिकलाई खोप दिने बताइएको छ ।

दोस्रो चरणमा अन्य सर्वसाधारणले खाोप पाउने आशा व्यक्त गरिएको छ । तर, यसबाहेक धेरै व्यक्तिहरू आफ्ना बच्चाहरूले खोप पाउँछन् वा पाउँदैनन् भनेर पनि चिन्ता व्यक्त गरिरहेका छन् ।

चिकित्सक तथा विज्ञको टोलीले वर्तमान खोप बच्चाहरूका लागि उपयुक्त नहुने बताएका छन् । पहिले आयोजित क्लिनिकल परीक्षणमा वयस्कहरूलाई मात्र सीमित गरिएको थियो, जसकारण बच्चाहरूले अझै पनि खोपको लागि परीक्षण चरणबाट पार गर्नुपर्ने हुन्छ ।

वयस्कहरूमा खोप परीक्षणले सोचेको भन्दा बढी प्रभावकारी साबित भएपनि, बच्चामा भएको खोप परीक्षणको नतिजा नआएसम्म बच्चाहरूमा खोप प्रभावकारी तथा सुरक्षित हुन्छ वा हुँदैन र खोप कहिले दिइन्छ बारेमा केही पनि भन्न सकिँदैन ।

वयस्कहरूमा खोपको क्लिनिकल परीक्षण महामारीको सुरु भएको बेला गरिएको थियो । तर, बच्चाहरूमा खोपको क्लिनिकल परीक्षणहरू भर्खर मात्र सुरु हुन लागेका छन् ।

१२ र अधिक उमेरका बालबालिकालाई परीक्षणमा सीमित गर्दै फाइजर खोपले अक्टूबरमा बच्चाहरूमा परीक्षणहरू सुरु गरेको थियो । मोडेर्नाले भने चाँडै १२ देखि १७ वर्ष उमेरका बच्चाहरूमा टेस्ट गर्न थाल्नेछ ।

यस प्रक्रियाको क्रममा चिकित्सा पेशेवरहरूले खोपको डोज, खोप दिनुपर्ने समय, बच्चाहरूको सबैभन्दा उत्तम काम गर्ने खोप र खोपको संख्या जाँच गर्नेछन् । वैज्ञानिक र चिकित्सा पेशेवरहरूका अनुसार प्रक्रियाले धेरै महिना लिनसक्ने हुदा बच्चाहरूलाई सन् २०२१ को अन्त्यसम्ममा खोप दिन सकिने छ ।