birat ribon

विवाहको फजुल खर्च कटाएर वृद्धवृद्धा, अपाङ्गता भएका र एकल महिलालाई सम्मान

Neuro
विवाहको फजुल खर्च कटाएर वृद्धवृद्धा, अपाङ्गता भएका र एकल महिलालाई सम्मान

इनरुवा/सुनसरीको कोशी गाउँपालिकामा एक जोडीले आफ्नो विवाहको फजुल खर्च कटाएर गाउँका जेष्ठ नागरिक, अपाङ्गगता भएका व्यक्ति र एकल महिलालाई सम्मान गरेको छ ।

सुनसरीको कोशी गाउँपालिका–५ श्रीपुरजब्दी कुम्याहीका कुलदीप महतो र काठमाडौँकी रोजिना महतोले आदर्श विवाह गरी विवाहमा लाग्ने खर्च र फजुल खर्चसमेत जोगाएर उनीहरूलाई सम्मान गरेका हुन् ।

cura insider

महतो जोडीले जाडोबाट जोगिन जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र एकल महिलालाई कपडासहित सम्मान गरेको हो । आफ्नो विवाहमा लाग्ने खर्च जोगाएर राष्ट्रिय आधारभूत विद्यालयका बालबालिकाको छात्रवृत्तिका लागि अक्षय कोष बनाउन ५१ हजार रुपैयाँसमेत हस्तान्तरण गरे ।

सम्मान कार्यक्रममा कोशी गाउँपालिका–५ का वडाअध्यक्ष साह जमाल, जिल्ला समन्वय समितिका सदस्य मो. नौसाद, शिवनारायण महतो, जितन महतोसहितले दोसल्ला, न्यानो कपडासहित उनीहरूलाई सम्मान गरेका थिए ।

नवदम्पत्तिका बुबाले अध्ययन गरेको विद्यालयका जेहेन्दार तथा न्यून आय भएकालाई छात्रवृत्ति प्रदान गर्न हजुरबुबा सुनर महतोको नाममा अक्षयकोष स्थापना गरेका हुन् । उक्त कोषबाट कक्षा ५ मा पढ्ने उत्कृष्ट र गरिब तथा विपन्नलाई छात्रवृत्ति प्रदान गरिने विद्यालयका शिक्षक सागर पण्डितले बताए ।

गाउँपालिकाका ४४ जेष्ठ नागरिक, १४ जना पूर्ण अपाङ्गता भएका व्यक्ति र २८ जना एकल महिलालाई सम्मान गरेको आयोजकले जनाएको छ ।

jackson ribon