birat ribon

‘आन्दोलनरत उखु किसान वास्तविक किसान नै होइनन्’

Neuro
‘आन्दोलनरत उखु किसान वास्तविक किसान नै होइनन्’

काठमाडौं/ चिनी उद्योगीहरूले माइतीघरमा आन्दोलनरत उखु किसान वास्तविक किसान नै नभएको आरोप लगाएका छन् । सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा उद्योगीहरूले मन्त्री लेखराज भट्टलाई माइतीघर मण्डलामा आन्दोलन गर्न आउने व्यक्तिहरू उखु किसान नभएको बताएका हुन् ।

मन्त्रालयमा पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री भट्टले उद्योगीहरूले आन्दोलन गर्न आउने व्यक्तिहरू उखु किसान नभएर विचौलिया भएको बताएको जानकारी दिए । विचौलियाहरूले वास्तविक किसानसँग सस्तोमा भौचर खरिद गरी आन्दोलन गर्न आएको उद्योगीहरूले बताएको मन्त्री भट्टले बताए ।

cura insider

उद्योगीहरूले सुरुमा किसानलाई भुक्तानी दिएर पछिमात्रै विचौलियाहरूलाई भुक्तानी गर्ने बताएको पनि पत्रकारहरूलाई सुनाए । ‘किसानको नाममा आउने, किसानलाई नै ठग्ने प्रकृतिका विचौलियाहरू प्नि रहेछन् भने उहाँहरूबाटै थाहा पाएं । सय रुपैयाँको भौचर छ भने ५० रुपैयाँमा किन्ने र यहाँ आएर माइतघिर मण्डलामा बस्ने किसान सङ्घर्ष समितिको नाममा व्यापार गर्ने कुरो मिल मालिकहरूले भनेको आरोप लगाएको कुरा हो । त्यो भएर तपाईँहरू आफ्नोतर्फबाट अलि अन्वेषण गर्न प¥यो, त्यो के हो भन्ने हामी मन्त्रालयले पनि अध्ययन गरिराखेका छौं,’ उनले भने ।

jackson ribon