birat ribon

बढ्दो जनअसन्तोषको नेतृत्व गर्न सडकमा काङ्ग्रेस

Neuro
बढ्दो जनअसन्तोषको नेतृत्व गर्न सडकमा काङ्ग्रेस

सुनसरी/मुलुकमा केपी ओली नेतृत्वको सरकारविरुद्ध बढ्दै गएको विरोधको आगोमा घिउ थप्न प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस शक्ति प्रदर्शनसहित सडकमा देखापरेको छ ।

सडक, चोक–बजार, सामाजिक सञ्जाल आदि जताततै सरकारविरोधी असन्तोष बढ्दै गएको पृष्ठभूमिमा पछिल्लो संसदीय निर्वाचन भएको तीन वर्षपछि पहिलोपल्ट काङ्ग्रेस सडकमा देखापरेको हो । काङ्ग्रेसले आज (सोमबार) चर्को नाराबाजीसहित देशव्यापी विरोध प्रदर्शन गरेको छ ।

cura insider

‘सरकारको सर्वसत्तावादी चरित्रका कारण लोकतन्त्र नै खतरामा पर्ने अवस्था उत्पन्न भएकाले जनअसन्तोषलाई सही बाटोमा डोहोर्‍याउन सडकमा आउनुपरेको,’ काङ्ग्रेस नेताहरूको भनाइ छ ।

काङ्ग्रेस नेताहरूका अनुसार मुलुकमा जब–जब लोकतन्त्रमाथि सङ्कट आइलाग्छ तब–तब जनताले काङ्ग्रेसलाई खोज्छन् । सरकारले अतिचार गर्दा पनि प्रमुख प्रतिपक्षी काङ्ग्रेस कहाँ छ, के हेरेर बसिरहेको छ भनी जनताले खोजिरहेका थिए । त्यसैले काङ्ग्रेस सडकमा आएको हो ।

सरकारविरोधी प्रदर्शन–शृङ्खलामा जोडिँदै सुनसरी काङ्ग्रेसद्वारा इनरुवामा आयोजित विरोध–सभामा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्व–अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यो प्रदर्शन सुरुवातमात्र भएको बताए । ‘यो कास्टिङमात्र हो,’ उनले भने, ‘जनताको सार्वभौमसत्ता कमजोर पार्ने, सर्वसत्तावादी, कम्युनिस्ट भनिएको सरकारलाई बाँकी अवधि सुखले बस्न दिइने छैन ।’

प्रदेश १ संसदीय दलका प्रतिपक्षी नेता तथा सुनसरी काङ्ग्रेस सभापति राजीव कोइरालाको सभापतित्वमा सम्पन्न विरोध–सभामा पूर्वमन्त्री सीताराम मेहता, नेपाल विद्यार्थी सङ्घका सभापति राजीव ढुङ्गाना, सांसद कल्पना चौधरी, सुनसरी काङ्ग्रेस सचिव केदार भण्डारी, इनरुवा नगरप्रमुख राजन मेहतालगायत २० जनाले सरकारको चर्को आलोचना गरेका थिए । जनताको दुःख देखेर पनि नदेखे जस्तो गर्दै सरकार भ्रष्टाचारका गतिविधिमा लिप्त भएको उनीहरूको आरोप थियो ।

त्यसअघि काङ्ग्रेस कार्यकर्ताहरूले बिहीबारे हाटदेखि बसचोकसम्म चर्को नाराबाजीसहित विरोध र्‍याली प्रदर्शन गरेका थिए ।

jackson ribon