Rumpum Advertisement

जेष्ठ नागरिक ग्रामको शिलन्यास, मन्त्री भन्छन्-प्रदेशको गौरवशाली परियोजना

जेष्ठ नागरिक ग्रामको शिलन्यास, मन्त्री भन्छन्-प्रदेशको गौरवशाली परियोजना

विराटनगर / मोरङको ग्रामथानमा निर्माण सुरु भएको मानवसेवा आश्रम र जेष्ठ नागरिक ग्राम प्रदेशको गौरवशाली परियोजना भएको प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताएका छन् ।

तीन करोड ५० लाखको लागतमा १० विगाहा १४ कठ्ठामा निर्माण गरिने मानवआश्रम, जेष्ठ नागरिक ग्राम र बालबालिक ज्ञान केन्द्रको शिलन्यास गर्दै मन्त्री घिमिरेले प्रदेशको गौरबशाली परियोजना भएको बताएका हुन । परियोजनाको निर्माणबाट ग्रामथान क्षेत्रको मुहार परिवर्तन हुने उनले बताए ।

मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले ग्रामलाई समाजसेवासहित पर्यटकहरुको आकर्षित गर्न सकिने बताए ।

आश्रमको विस्तृत निर्माण परियोजना निर्माणकर्ता इन्जिनियर एवं पूर्व मिस नेपाल श्रृङ्खला खतिवडाले थारु संस्कृति झल्कने गरी आश्रमको निर्माण गरिने बताइन् । सामाजिक अभियन्ता रमेश प्रसाईले निर्माण हुने सरकारको कामलाई अघि बढाउन सबैले सहयोग गर्नुपर्ने बताए ।

प्रदेश सरकारले आश्रम निर्माणका लागि चालु आर्थिक वर्षमा तीन करोड ५० लाख रकम विनियोजन गरेको छ ।