birat ribon

अन्तिम १६ मा बार्सिलोनाले पिएसजीसँग खेल्ने, युभेन्टसको प्रतिद्वन्द्वी पोर्टो

Neuro
अन्तिम १६ मा बार्सिलोनाले पिएसजीसँग खेल्ने, युभेन्टसको प्रतिद्वन्द्वी पोर्टो

विराटनगर/युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को ‘ड्र’ सार्वजनिक भएको छ ।

यूईएफएले सोमबार सार्वजनिक गरेको प्रि–क्वाटरफाइनलको ‘ड्र’अनुसार साविक विजेता बायर्न म्युनिखले इटालियन क्लब लाजियोसँग खेल्नेछ ।

cura insider

यसैगरी इटालियन क्लब युभेन्टसले पोर्चुगिज क्लब पोर्टोसँग प्रतिस्पर्धा गर्नेछ भने इंग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब मोन्चेनग्लाडबाचसँग खेल्नेछ ।

त्यसैगरी लिभरपुलले अन्तिम १६ मा प्रतिद्वन्द्वीका रूपमा जर्मन क्लब आरबी लेइपिजलाई पाएको छ भने इंग्लिस क्लब चेल्सीले स्पेनिस क्लब एथ्लेटिको मड्रिडसँग खेल्नेछ ।

यसैगरी स्पेनिस क्लब बार्सिलोनाले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग खेल्नेछ भने स्पेनकै क्लब रियल मड्रिडले इटालीकाे क्लब अटलान्टासँग खेल्नेछ । त्यसैगरी जर्मन क्लब बोरूसिया डर्टमुण्डले स्पेनिस क्लब सेभिल्लाकाे सामना गर्नेछ ।

यसपटक च्याम्पियन्स लिगको अन्तिम १६ मा स्पेनिस र जर्मन क्लबको बर्चश्व छ । स्पेन र जर्मनीका चार–चार क्लबले प्रि–क्वार्टरफाइनलमा स्थान बनाएको छ भने इटालीका तीन तथा तीन इंग्लिस क्लबले अन्तिम १६ को यात्रा गरेका छन् । यस्तै पोर्चुगल र फ्रान्सका एक–एक क्लब छन् ।

jackson ribon