birat ribon

संविधान विरोधी र सरकार विरोधी शक्तिहरू सक्रिय भए : गृहमन्त्री थापा

Neuro
संविधान विरोधी र सरकार विरोधी शक्तिहरू सक्रिय भए : गृहमन्त्री थापा

काठमाडौं/ गृहमन्त्री रामबहादुर थापाले व्यवस्था विरोधी, संविधान विरोधी र सरकार विरोधी शक्तिहरू सक्रिय भएको बताए । सोमबार चितवनको भरतपुर विमानस्थलमा गृहमन्त्री थापाले कोभिडका कारण उत्पन्न भएको सङ्कटबाट संविधान विरोधी र अहिलेको व्यवस्था विरोधीहरू सक्रिय भएको बताएका हुन् ।

अहिलेको प्रणाली र संविधानलाई नै उल्ट्याउने अवसर आएको निष्कर्षसहित राजावादीहरूसमेत सक्रिय भएको बताउँदै उनले यस्तै सरकार विरोधीहरूले सरकारलाई विस्तापित गर्न सकिन्छ कि भन्ने प्रयास गरिरहेको बताए ।

cura insider

यसै सन्दर्भमा प्रमुख प्रतिपक्षी दलले समेत देशव्यापी रूपमा सरकार विरोधी प्रदर्शन गरेको बताए । तर पनि सरकारलाई कसैले विस्तापित गर्न नसक्ने गृहमन्त्री थापाको भनाइ थियो ।

राजावादीहरू गणतन्त्रलाई विस्तापित गरी राजतन्त्रलाई पुनर्स्थापित गर्न चाहने र विप्लव माओवादीहरू समाजवादी क्रान्ती गर्ने भाषा लिएर अगाडि बढेको बताए ।

पार्टीभित्र देखिएको विरोध स्वभाविक भएको पनि गृहमन्त्री थापाले पार्टीभित्र बसेर सरकारलाई कमजोर बनाउने काम भइराखेको अवस्थामा स्थायी कमिटी बैठक बसेको र त्यहीबाटै समस्या समाधान हुने पनि बताए । गृहमन्त्री थापाले पार्टी फुट्नेभन्दा पनि थप मजबुत बनेर जाने बताए ।

jackson ribon