Rumpum Advertisement

कम्युनिष्ट सरकार जनताको सरकार बन्न सकेन : महत

Neuro
कम्युनिष्ट सरकार जनताको सरकार बन्न सकेन : महत

झापा/ सरकारको नेतृत्व गरिररहेको वर्तमान कम्युनिष्ट सरकार जनताको बन्न नसकेको नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले बताएका छन् ।

नेपाली काङ्ग्रेस झापाले बिर्तामोडमा आयोजना कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युनिष्ट सरकार जनताको बन्न नसकेको बताएका हुन् । तीन वर्षसम्म नेपाली काङ्ग्रेसले सरकारको काम हेरेको तर जनताको इच्छाअनुसार काम गर्न नसकेका कारण काङ्ग्रेस विरोधमा उत्रिएको बताए । उनले सरकार भ्रष्टाचारमा लिप्त भएको गुनासो गरे ।

काङ्ग्रेस नेता केशवकुमार बुढाथोकीले कम्युनिष्ट सरकारले संविधानको संरक्षण गर्न नसकेको दाबी गरे । मुलुकमा राजाबादीहरूले आन्दोलन सुरु गरेको बताउँदै उनले अर्काे व्यवस्था कल्पना गर्न नसकिने बताए । विरोध सभामा जिल्लाका विभिन्न स्थानबाट काङ्ग्रेस कार्यकर्ता आएका थिए ।