Rumpum Advertisement

अध्ययन भन्छ : डिसेम्बरमा जन्मेका महिलाको हृदयसम्बन्धी रोगबाट मृत्यु हुने सम्भावना कम

Neuro
अध्ययन भन्छ : डिसेम्बरमा जन्मेका महिलाको हृदयसम्बन्धी रोगबाट मृत्यु हुने सम्भावना कम

विराटनगर/डिसेम्बरमा जन्मेका महिलाहरूको हृदयसम्बन्धी रोगबाट मृत्यु हुने सम्भावना कम हुने अध्ययनले देखाएको छ । नर्स स्वास्थ्य अध्ययनको डाटा विश्लेषण गरेपछि परिणामहरूले जन्म महिना र हृदय रोगबाट हुने मृत्युदरबीच एक सम्बन्ध छ भनेर प्रमाणित गरेको हो ।

एक लाख १६ हजारभन्दा बढी महिला नर्सहरूको डाटाको अध्ययन गरिएको थियो । अनुसन्धानले समग्र मृत्यु र विशेषगरी हृदय रोगका कारण हुने मृत्युको विश्लेषण गरेको थियो ।

डिसेम्बरमा जन्मेका महिलाहरू मार्च र जुलाईको बीचमा जन्मेका महिलाहरूको तुलनामा मुटुको रोगबाट मर्ने खतरा कम छ भन्ने अध्ययनले निष्कर्ष निकालेको छ । ३८ वर्षमा, ४३ हजार दुई सय ४८ मृत्यु रेकर्ड गरिएको छ, जसमध्ये ८३ सय ६९ मृत्युहरू मुटुको रोगसँग सम्बन्धित थिए । जबकि, समग्र मृत्युदर र व्यक्तिको जन्म महिनाबीच कुनै सम्बन्ध भेटिएन ।

तर, वसन्त र ग्रीष्म महिनामा जन्मेका महिलाहरूको तुलनामा शरद र जाडोमा जन्मेका महिलाहरूमा हृदय रोगसँग सम्बन्धित मृत्युदर बढी रहेको देखियो । डिसेम्बरमा जन्मेका महिलाहरूमा सबैभन्दा कम मृत्युदर र अप्रिलमा जन्मिएका महिलामा सबैभन्दा धेरै मृत्युदर रहेको पाइएको हो ।

उक्त अध्ययनमा महिलालाई मात्र समावेश गरिएको थियो । तर, विज्ञहरूले पुरुषहरूका लागि पनि परिणाम उस्तै हुनसक्ने औंल्याएका छन् ।